१६ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस नेता घिमिरेको निधन

३१ भाद्र २०७९, शुक्रबार ०५:४५

भदौ ३१, काठमाडौँ | नेपाली कांग्रेसका नेता विजयराज घिमिरेको निधन भएको छ। कांग्रेस केन्द्रीय लेखा समितिका पूर्वसदस्य र पूर्वमहासमिति सदस्य घिमिरेको उपचारका क्रममा निधन भएको हो।

पाल्पाका घिमिरेको बिहीबार बेलुकी ८ बजेर १५ मिनेटमा ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर जनाएका छन्। घिमिरे २०५६ र २०७४ को आमचुनावमा पाल्पा क्षेत्र नम्बर १ मा कांग्रेसबाट उम्मेदवार थिए।


घिमिरेले कांग्रेसको संगठन निर्माण र लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका खेलेकोसमेत कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ। उनको आज दिउँसो १ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि हुनेछ।

कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले घिमिरेको निधनमा गहिरो दु:ख व्यक्त गरेका छन् भने परिवारजनमा समवेदना प्रकट गरेको कांग्रेसले निकालेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हेटौंडा–१२ सिक्रेनी मतदान केन्द्रमा २८ सय ६७ मत खस्यो एमाले पार्टी कार्यालय जग्गा विवाद: हेर्न नभ्याउने हुँदै सुनुवाइ फेरि स्थगित कीर्तिपुरको मतगणना आजै रातिदेखि सुरु हुने रविको बयान आज पनि सकिएन, भोलि सकेर पोखरा पठाइने खेलकुद मन्त्रालय चलाउन गार्हो भयो ः मन्त्री चौधरी हेटौंडा–१२ सिक्रेनी केन्द्रमा २६ सय २९ मत खस्यो गिभिनाको परिवारमा शोकैशोक: एक हप्तामा दुई वियोग नेपालले बंगलादेशलाई दियो १४२ रनको लक्ष्य कीर्तिपुरमा ११ हजार मतदाताले गरे मतदान रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा ४ जनाको मृत्यु बालिकाहरुलाई तरुनी हुन नदिउ : अनुराधा कोइराला नेत्रहीन टी–२० विश्वकप : नेपाललाई हराउँदै पाकिस्तान फाइनलमा बङ्गलादेशविरुद्ध नेपालले २१ ओभरमा बनायो ६१ रन सरकारी वकिल कार्यालय रविको बयान जारी, आजै पोखरा फर्काइने तयारी यू–१९ एसिया कप: नेपालको दुई विकेट पतन, मयान ४ रनमा आउट हुँदा अर्जुन डकआउट उपनिर्वाचन : बिहान ११ बजेसम्म २५ प्रतिशत मत खस्यो आज आइतबार घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ? कीर्तिपुरमा रिक्त पदका लागि मतदान जारी जनकपुरधाममा विवाह पञ्चमीको साताव्यापी महोत्सव शुरु यू-१९ एसिया कपमा‌ नेपालले आफ्नो दोस्रो खेल आज बंगलादेशसँग खेल्दै