२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा १७ वर्षीया र ११ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा ७३ वर्षीय बृद्ध पक्राउ

२०७९, ३१ भाद्र शुक्रबार ११:१६

भदौ ३१, काठमाडौँ | झापामा दुई जना नाबालिगमाथि बलात्कार गरेको आरोपमा एक जना बृद्ध पक्राउ परेका छन्। 

इलाका प्रहरी कार्यालय अनारमनिको टोलीले बलात्कार आरोपमा मेचिनगर नगरपालिका-१२का ७३ वर्षीय बृद्ध कपिलमणि पौडेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ। 

संवेदनशिल अंगमा हात लगाउँदा वृद्ध पक्राउ « तपाईंको साझा इजलास

उनले १७ वर्षीया र उनकी बहिनी ११ वर्षीया नाबालिगमाथि पटकपटक बलात्कार गरेको आरोप छ। पीडितकै घरमा गएर पटकपटक बलात्‍कार गर्ने गरेको भन्ने खुलेको कार्यालयले जनाएको छ। 

यस्तै १७ वर्षीया नाबालिग तीन महिने गर्भवतीसमेत भइसकेको भन्ने‍ खबर प्रहरीले पाएको थियो। उक्त खबर पाएपछि अनारमनिबाट खटिएको टोलीले पौडेललाई बिहीबार पक्राउ गरेको हो। पौडेलमाथि ईलाका प्रहरी कार्यालय अनारमनिले अनुसन्धान गरिरहेको छ। 

१८ वर्षमुनिका नाबालिगमाथि सहमतिमै गरेको करणीलाई पनि कानुनले बलात्कार मानेको छ। करणीसम्बन्धी कसूरको दफा २१९ को उपदफा २ मा भनिएको छ, ‘कसैले कुनै महिलालाई मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा उनले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते