१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा १७ वर्षीया र ११ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा ७३ वर्षीय बृद्ध पक्राउ

३१ भाद्र २०७९, शुक्रबार ११:१६

भदौ ३१, काठमाडौँ | झापामा दुई जना नाबालिगमाथि बलात्कार गरेको आरोपमा एक जना बृद्ध पक्राउ परेका छन्। 

इलाका प्रहरी कार्यालय अनारमनिको टोलीले बलात्कार आरोपमा मेचिनगर नगरपालिका-१२का ७३ वर्षीय बृद्ध कपिलमणि पौडेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ। 

संवेदनशिल अंगमा हात लगाउँदा वृद्ध पक्राउ « तपाईंको साझा इजलास

उनले १७ वर्षीया र उनकी बहिनी ११ वर्षीया नाबालिगमाथि पटकपटक बलात्कार गरेको आरोप छ। पीडितकै घरमा गएर पटकपटक बलात्‍कार गर्ने गरेको भन्ने खुलेको कार्यालयले जनाएको छ। 

यस्तै १७ वर्षीया नाबालिग तीन महिने गर्भवतीसमेत भइसकेको भन्ने‍ खबर प्रहरीले पाएको थियो। उक्त खबर पाएपछि अनारमनिबाट खटिएको टोलीले पौडेललाई बिहीबार पक्राउ गरेको हो। पौडेलमाथि ईलाका प्रहरी कार्यालय अनारमनिले अनुसन्धान गरिरहेको छ। 

१८ वर्षमुनिका नाबालिगमाथि सहमतिमै गरेको करणीलाई पनि कानुनले बलात्कार मानेको छ। करणीसम्बन्धी कसूरको दफा २१९ को उपदफा २ मा भनिएको छ, ‘कसैले कुनै महिलालाई मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा उनले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक