२०८३, २ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘प्रेमगीत ३’लाई कर छुट दिन चलचित्रकर्मी महासंघको आग्रह

२०७९, ३ आश्विन सोमबार ०६:४१

असोज ३, काठमाडौं |  ‘प्रेमगीत ३’लाई कर छुट दिन र नेपाली फिल्मसरह सेवासुविधा दिन नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ ले सरकारलाई आग्रह गरेको छ । अध्यक्ष अरुणकुमार प्रधान र महासचिव दिनेश कोइरालाले विज्ञप्ति जारी गर्दै विवादलाई त्यागेर सबै पक्ष सँगै बसेर फिल्म हेर्न समेत आग्रह गरेको छ । ‘प्रेमगीत ३’लाई लिएर भुवन केसी नेतृत्वको चलचित्र विकास बोर्डले उल्झन खडा गरेको भन्ने विवाद चलिरहँदा महासंघको प्रदेश १ ले यस्तो आग्रह गरेको हो ।

राधा, प्रकाश, ऐना झ्यालको पुतलीजस्ता फिल्मलाई पनि विभेद गरिएको भन्दै महासंघले यस्ता विभेदविरुद्ध एकजुट भएर बोल्न समेत आग्रह गरेको छ । सबै चलचित्रकर्मीले टिकट काटेर फिल्म हेर्ने बानी बसाल्न समेत महासंघले आग्रह गरेको छ । ‘प्रेमगीत ३’ र चलचित्र विकास बोर्डबीच विवाद चर्कंदै जाँदा अभिनेता प्रदीप खड्काले अध्यक्ष भुवन केसीको राजीनामा मागेका थिए । उनले सार्वजनिक रुपमै यस्तो भनेपछि विवाद थप पेचिलो बनेको छ ।

खड्काले राजीनामा मागेपछि उत्पन्न विवादपछि आइतबार चलचित्र विकास बोर्डको बैठक बसेको थियो । ‘प्रेमगीत ३’ शुक्रबारदेखि नेपाल र भारतसहितका मुलुकमा प्रदर्शन हुँदैछ । नेपालमा अहिलेसम्म हिन्दी संस्करण सेन्सर भइसकेको छैन । भारत प्रिमियरका लागि निर्देशक र कलाकारहरु यतिबेला मुम्बईमा पुगेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट