2026-11-25 11:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दानबहादुर कार्कीको पुनर्बहाली रिटमा आज सर्वोच्चमा सुनुवाइ

2026-11-25

काठमाडौँ | प्रहरी महानिरीक्षक (आईजीपी) पदमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले दायर गरेको रिटमाथि बुधबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । रिटको सुनुवाइका लागि न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा पेसी तोकिएको छ । गत कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर महानिरीक्षकसरह सेवा–सुविधा पाउने गरी प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा खटाउने निर्णय गरेको थियो । सोही बैठकले अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोजकुमार केसीलाई आईजीपीमा बढुवा गरेको थियो ।

सरकारको उक्त निर्णयविरुद्ध कार्कीले कात्तिक १९ गते सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका थिए। उक्त निवेदन कात्तिक २० गते दर्ता भएको थियो। तिहार बिदापछि मंसिर २ गते न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी नगरी दुवै पक्षलाई मंसिर ७ गते छलफलका लागि बोलाएको थियो । तर, मंसिर ४ गते नवनियुक्त आईजीपी केसीका नाममा जारी भएको म्याद प्रहरी प्रधान कार्यालयले बुझ्न अस्वीकार गरेको थियो। त्यसपछि मंसिर ७ गते न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा प्रधान कार्यालयका अधिवक्ताले प्राविधिक कारण देखाउँदै पुनः म्याद बुझ्ने प्रतिबद्धता जनाएका थिए ।

सोही प्रतिबद्धताअनुसार इजलासले अधिवक्तामार्फत म्याद बुझाउन आदेश दिँदै विषयको संवेदनशीलतालाई ध्यानमा राखेर प्राथमिकताका साथ बुधबार पेसी तोक्न निर्देशन दिएको थियो । कार्कीले रिटमा आफूलाई पदबाट हटाउने कात्तिक १८ गतेको मन्त्रिपरिषद् निर्णय कार्यान्वयन नगर्न र केसीलाई आईजीपी नियुक्त गर्नेलगायतका निर्णय उत्प्रेषणको आदेशबाट बदर गर्न माग गरेका छन्। साथै, आफ्नो निर्धारित कार्यकालभरि प्रहरी महानिरीक्षकका रूपमा काम गर्न दिन परमादेश जारी गर्न र मागको टुंगो नलागेसम्मका लागि अन्तरिम आदेश दिनसमेत उनले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दानबहादुर कार्कीको पुनर्बहाली रिटमा आज सर्वोच्चमा सुनुवाइ सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ६ हजार ५०० रुपैयाँ घट्यो सभामुख अर्याल र कतारी राजदूतबीच भेटवार्ता देउवालाई गगनको सुझाव : राजनीतिक अभिव्यक्तिको सीमा र मर्यादा कायम राख्नुस् स्थानीय तहमा राम्रो नतिजा आए देश फेरि क्रान्तितिर जान्छ : प्रचण्ड पक्राउ गर्न आउँदा हतकडी लिएर आउनू, खाली हात जान्नँ : गगन थापा सभापति भएपछि केपी ओलीसँग पाँच पटक भेटिसकेको छु : गगन थापा एसईई आवेदन फाराम भर्ने म्याद १५ दिन थपियो, मंसिर २५ सम्म समय भेरी नदीमा भिडियो बनाउने क्रममा बगे नेपालगञ्जका दुई युवा, खोजी कार्य जारी बाँकेको मेलामा दुई पक्षबीच झडप, प्रहरीद्वारा ८ राउण्ड हवाई फायर; एक जना पक्राउ दुई मन्त्रीसँगको तस्बिर सेयर गर्दै बालेनले लेखे– ‘देश उँभो लाउने टोली’ धादिङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु पाल्पामा दाउरा प्रहार गरी एक जनाको हत्या, आरोपित एक महिनापछि पक्राउ रूपान्तरणका नाममा एमाले विभाजित हुनु हुँदैन : महासचिव पोखरेल डिसेम्बर १६ मा बंगलादेश फर्किने शेख हसिनाको तयारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै, सभापति गगन थापाले विशेष सम्बोधन गर्ने सुन र चाँदी दुवैको मूल्य बढ्यो, सुन दुई दिनमै ५ हजार ३०० रुपैयाँ महँगियो दिल्लीको होटलमा बन्धक बनाइएका तीन नेपालीको उद्धार भारत भ्रमण सकेर स्वदेश फर्किँदै प्रधानमन्त्री बालेन शाह बालेनको भारत भ्रमणप्रति राजेन्द्र लिङ्देनको टिप्पणी : ‘परम्परागत भ्रमणभन्दा फरक देखिएन’