2026-11-25 12:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापान पठाउने प्रलोभनमा २ करोड ४५ लाख ठगी, एक जना पक्राउ

2026-11-25

काठमाडौँ | वैदेशिक रोजगारीको प्रलोभन देखाई रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको नागार्जुन नगरपालिका–९ बस्ने ३३ वर्षीय कृष्ण हरि दाहाल छन् । उनले २ करोड ४५ लाख ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले बताए ।

प्रहरीले उनलाई पक्रेर मंगलबार वैदेशिक रोजगार विभागमा पठाएको छ । बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभन देखाएर जापान पठाइदिन्छु भन्दै लामो समयसम्म झुक्क्याएर दाहाल सम्पर्कविहीन भएको आरोप छ । पीडितहरूको उजुरीका आधारमा अनुसन्धान अघि बढाएर जिल्ला प्रहरी कार्यालय कास्कीसँगको समन्वयमा उनलाई पक्राउ गरिएको कार्कीले जानकारी दिए । आरोपीले पीडितहरूलाई शिर बहादुर गजुरेलको बैंक खातामा रकम जम्मा गर्न लगाएका थिए । यदि कसैले रकम जम्मा गर्न आलटाल गरेमा शिर बहादुर गजुरेल आफैं हुँ भनेर रकम फिर्ता गर्ने भनी लिखित कागजसमेत गरिदिने गरेको पाइएको छ ।

हालसम्म यस प्रकरणमा १७ जना पीडितहरू प्रहरीको सम्पर्कमा आएका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सोही प्रकरणमा दाहाल र शिर बहादुर गजुरेलबाट ठगिएका अन्य व्यक्तिहरूलाई पनि सम्पर्कमा आउन भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जापान पठाउने प्रलोभनमा २ करोड ४५ लाख ठगी, एक जना पक्राउ लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलता अपनाउन प्रधानमन्त्री शाहको आह्वान त्रिभुवन विमानस्थलमा दुई किलोभन्दा बढी सुनसहित दुई महिला पक्राउ दानबहादुर कार्कीको पुनर्बहाली रिटमा आज सर्वोच्चमा सुनुवाइ सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ६ हजार ५०० रुपैयाँ घट्यो सभामुख अर्याल र कतारी राजदूतबीच भेटवार्ता देउवालाई गगनको सुझाव : राजनीतिक अभिव्यक्तिको सीमा र मर्यादा कायम राख्नुस् स्थानीय तहमा राम्रो नतिजा आए देश फेरि क्रान्तितिर जान्छ : प्रचण्ड पक्राउ गर्न आउँदा हतकडी लिएर आउनू, खाली हात जान्नँ : गगन थापा सभापति भएपछि केपी ओलीसँग पाँच पटक भेटिसकेको छु : गगन थापा एसईई आवेदन फाराम भर्ने म्याद १५ दिन थपियो, मंसिर २५ सम्म समय भेरी नदीमा भिडियो बनाउने क्रममा बगे नेपालगञ्जका दुई युवा, खोजी कार्य जारी बाँकेको मेलामा दुई पक्षबीच झडप, प्रहरीद्वारा ८ राउण्ड हवाई फायर; एक जना पक्राउ दुई मन्त्रीसँगको तस्बिर सेयर गर्दै बालेनले लेखे– ‘देश उँभो लाउने टोली’ धादिङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु पाल्पामा दाउरा प्रहार गरी एक जनाको हत्या, आरोपित एक महिनापछि पक्राउ रूपान्तरणका नाममा एमाले विभाजित हुनु हुँदैन : महासचिव पोखरेल डिसेम्बर १६ मा बंगलादेश फर्किने शेख हसिनाको तयारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै, सभापति गगन थापाले विशेष सम्बोधन गर्ने सुन र चाँदी दुवैको मूल्य बढ्यो, सुन दुई दिनमै ५ हजार ३०० रुपैयाँ महँगियो