१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कलैयामा नागरिकता माग्दा सम्पत्ति दिनुपर्ने भन्दै हत्या

३ आश्विन २०७९, सोमबार ०७:०६

असोज ३, कलैया | कलैया उपमहानगरपालिका–७ का शिवनारायण यादवका दुई श्रीमती बीच सधैजसो घर झगडा हुन्थ्यो । 

जेठी श्रीमती ५५ वर्षीय तेतरी देवीका सन्तान थिएनन् भने उनको नागरिकता पनि बनाइएको थिएन । यादवले कान्छी श्रीमती धनमन्ती देवी र उनका २ छोराको भने नागरिकता बनाइदिएका थिए । सन्तान नभएका कारण तेतरीलाई लोग्ने, सौता र उनका छोराहरूले हेला गर्थे । तेतरी लोग्नेसँग सधै नागरिकता बनाइदिन अनुरोध गर्थिन् तर बिहे गरेको ४० वर्ष बितिसक्दा पनि शिवनारायण यादवले जेठी श्रीमती तेतरीलाई नागरिकता बनाउन कहिल्यै चासो देखाएनन् । गत भदौ ३० गते बिहीबार साँझ तेतरी घाँस दाउरा गरेर घरबाहिर बाटो छेउमा बसिरहेकी थिइन् ।


घरमा नागरिकता कै विषयमा सामान्य वादविवाद भइरहेको थियो । कान्छी श्रीमती धनमन्ती देवी भने सम्पत्ति दिनुपर्ने भन्दै नागरिकता नबनाउन लोग्नेलाई दबाब दिइरहेकी थिइन् ।यही विषयमा विवाद बढ्दै गएपछि कान्छी स्वास्नीको तर्फको जेठो छोरा जयप्रकाश यादवले धारिलो हतियार प्रयोग गरेर तेतरीको हत्या गरेका छन् । हत्या गरेर जयप्रकाश र उनकी आमा धनमन्ती देवी फरार भएको स्थानीयहरूले बताएका छन् ।

जयनारायण यादवले यसअघि पनि तेतरीलाई पटक–पटक यातना दिएको मृतकका माइती पक्षले बताएका छन् । मृतक तेतरीका दाजु लक्ष्मी राउतले जिल्ला प्रहरी कार्यालय बारामा शिवनारायण यादव, जयकिशोर यादव र धनमन्ती देवी यादवको नाममा किटानी जाहेरी दिएका छन् । जाहेरीमा मृतक तेतरी देवीलाई लोग्ने, कान्छी स्वास्नी (सौता) छोराहरू मिलेर अंश नदिने उद्देश्यले नागरिकता समेत नबनाइदिएको, खान लाउन माग्दा घरमा विवाद हुने गरेकाले लोग्ने, कान्छी श्रीमती र छोराले नियोजित ढङ्गले हत्या गरिएको उल्लेख छ । पोस्टमार्टमपछि मृतकका तेतरीको दाहसंस्कार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट