2026-10-11 12:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओस्कारमा नेपालबाट ‘ऐना झ्यालको पुतली’ सिफारिस

असोज ३, काठमाडौँ | एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सद्वारा घोषणा गरिने भएको ९५ औं एकेमेडी अवार्ड(अस्कर अवार्ड)मा नेपालको प्रतियोगिताका रुपमा सहभागी गराउन ‘ऐना झ्यालको पुतली’ छनौट गरिएको छ ।

नेपालको अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समितिले प्रतिस्पर्धी बन्नका लागि प्राप्त तीन फिल्मबाट यो फिल्म छनौट गरेको हो । दिनेश राउत निर्देशित ‘प्रकाश’ र सुवर्ण थापाको ‘राधा’मध्यबाट यो फिल्मलाई समितिले छनौट गरेको हो।

सुजित बिडारी निर्देशित यस फिल्ममा दुई दिदीभाइको सम्बन्ध देखाइएको छ । समीक्षात्मक रुपले रुचाइएको फिल्ममा बालकलाकार कञ्चन(लक्ष्मी) चिमरिया, दिनेश खत्री, विशाल चाम्लिङ राई, उमेश श्रेष्ठ र राज थापाको अभिनय छ । त्यस्तै पुराना कलाकार सिरु विष्ट, पदमप्रसाद पौडेलको पनि फिल्ममा अभिनय देख्न सकिन्छ ।

‘यस समितिमा प्राप्त भए र उपरोक्त तीनवटा चलचित्रहरु एकेडेमीका सबै मापदण्ड पुग्ने गरी स्तरिय एवं अब्बल दर्जाका सिर्जनाहरु रहेकामा प्राविधिक पक्ष, कथ्यको प्रस्तुति पक्ष, चरित्रहरुको भावनात्मक विश्लेषण पक्ष तथा प्रस्तुतिको कलात्मक बुनोट आदि समेतलाई दृष्टिगत गरी उक्त अवार्डमा नेपालको प्रतियोगीका रूपमा सामेल गराउनका निम्ति यस अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समितिद्वारा ऐना झ्यालको पुतलीलाई छनौट गरिएको हुँदा सबैको जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ,’समितले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रदर्शनरत यो फिल्मबाट निर्देशक बिडारीले ‘२० औं अन्तर्राष्ट्रिय ढाका फिल्म फेस्टिभल’मा उत्कृष्ट निर्देशकको अवार्ड जितेको हो । यो फिल्म बुसानको न्यु करेन्ट सेक्सनमा छनौट भएको थियो । फिल्मको कथा २०७२ को महाभुकम्पपछि निर्देशक बिडारी आफैंले लेखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध