२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओस्कारमा नेपालबाट ‘ऐना झ्यालको पुतली’ सिफारिस

३ आश्विन २०७९, सोमबार १०:५२

असोज ३, काठमाडौँ | एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सद्वारा घोषणा गरिने भएको ९५ औं एकेमेडी अवार्ड(अस्कर अवार्ड)मा नेपालको प्रतियोगिताका रुपमा सहभागी गराउन 'ऐना झ्यालको पुतली' छनौट गरिएको छ ।

नेपालको अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समितिले प्रतिस्पर्धी बन्नका लागि प्राप्त तीन फिल्मबाट यो फिल्म छनौट गरेको हो । दिनेश राउत निर्देशित 'प्रकाश' र सुवर्ण थापाको 'राधा'मध्यबाट यो फिल्मलाई समितिले छनौट गरेको हो।


सुजित बिडारी निर्देशित यस फिल्ममा दुई दिदीभाइको सम्बन्ध देखाइएको छ । समीक्षात्मक रुपले रुचाइएको फिल्ममा बालकलाकार कञ्चन(लक्ष्मी) चिमरिया, दिनेश खत्री, विशाल चाम्लिङ राई, उमेश श्रेष्ठ र राज थापाको अभिनय छ । त्यस्तै पुराना कलाकार सिरु विष्ट, पदमप्रसाद पौडेलको पनि फिल्ममा अभिनय देख्न सकिन्छ ।

'यस समितिमा प्राप्त भए र उपरोक्त तीनवटा चलचित्रहरु एकेडेमीका सबै मापदण्ड पुग्ने गरी स्तरिय एवं अब्बल दर्जाका सिर्जनाहरु रहेकामा प्राविधिक पक्ष, कथ्यको प्रस्तुति पक्ष, चरित्रहरुको भावनात्मक विश्लेषण पक्ष तथा प्रस्तुतिको कलात्मक बुनोट आदि समेतलाई दृष्टिगत गरी उक्त अवार्डमा नेपालको प्रतियोगीका रूपमा सामेल गराउनका निम्ति यस अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समितिद्वारा ऐना झ्यालको पुतलीलाई छनौट गरिएको हुँदा सबैको जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ,'समितले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रदर्शनरत यो फिल्मबाट निर्देशक बिडारीले '२० औं अन्तर्राष्ट्रिय ढाका फिल्म फेस्टिभल'मा उत्कृष्ट निर्देशकको अवार्ड जितेको हो । यो फिल्म बुसानको न्यु करेन्ट सेक्सनमा छनौट भएको थियो । फिल्मको कथा २०७२ को महाभुकम्पपछि निर्देशक बिडारी आफैंले लेखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव