२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भोजपुर - BJP

भोजपुरमा एक सातादेखि हवाई उडान अवरुद्ध

२८ भाद्र २०७३, मंगलवार ०७:५९

भदौ २८, भोजपुर । भोजपुर जिल्लामा एक सातादेखि हवाई उडान अवरुद्ध भएको छ । 

नेपाल वायुसेवा निगमले मौसमका कारण देखाउँदै हवाई उडान सञ्चालन गर्न सकेको छैन । भोजपुरमा रहेको एकमात्र विमानस्थलमा गत २१ गतेदेखि कुनै पनि उडान हुन नसकेको हो । भोजपुरमा नियमित उडान हुन नसक्दा बिरामीलाई प्रत्यक्ष असर पुगेको छ । 

मौसमका कारण उडान हुन नसकेको वायुसेवा निगम भोजपुरका सहायक स्टेसन प्रमुख राजु मिजारले जानकारी दिनुभयो । उहाँले एक सातादेखि उडान नहुँदा यात्रु कसरी पठाउने भन्ने चिन्ता थपिएको बताउनुभयो । 

जिल्ला अस्पतालबाट उपचार हुन नसक्ने बिरामीको सुविधाका लागि विमानमा केही सिट छुट्याइने गरिएको छ जसअनुसार विराटनगरका लागि दुई र काठमाडौँ दुईजना सिफारिस गर्ने गरिएको छ । 

निजी वायुसेवा कम्पनी तारा एयरलाइन्सले पनि हप्तामा एक दिन काठमाडौँ उडान गर्दै आएको छ । सो उडान पनि विगत चार महिनादेखि बन्द छ । भोजपुरमा नेपाल बायुसेवा निगमले विराटनगरका लागि मङ्गलबार, बिहीबार र शनिबार तीन उडान गर्ने गरेको छ । 

त्यस्तै काठमाडौँका लागि चार उडान भर्दैै आएको छ । यसैबीच वर्षात्का कारण भोजपुरका सबैजसो सडक अहिले अवरुद्ध भएका छन् । अविरल वर्षाका कारण भोजपुर–लेगुवा, भोजपुर घोरेटार, भोजपुर दिङ्ला र भोजपुर अन्नपूर्ण चखेवा सडक हिलाम्मै भएपछि यातायात सञ्चालनमा समस्या आएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने