१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

परदेशमा गर्ने श्रम आफ्नै देशमा गर्न युवा व्यवसायी फुयाँलकाे आग्रह

४ आश्विन २०७९, मंगलवार ०५:२५

असोज ४, महोत्तरी | महोत्तरीका सागर फुयाँल उमेरले ३० वर्षका छन् । युवा जोस, जाँगर र नवीन विचार बाेक्ने उनी आमव्यवसायी जस्तै भइसकेका छन् । बिपी यातायातमा आफ्ना बाबु रामकुमार फुयाँलले  १५ वर्ष अगाडि बस किनेर साे रुटमा गाडी चलाउँथे । गाडीमा बसेर काठमाडाैं र पूर्वका ठाउँहरूमा सागरले सहचालकको काम गरे । यहीँबाट सुरु भयो फुयाँलको स्वरोजगारको यात्रा ।

नेपालमै व्यवसायी बन्ने हुटहुटीले उनले कक्षा १२ अध्ययन गर्दागर्दै व्यावसायिक सम्भावनाका माध्यम खोजिसकेका थिए । सुरुमा उनले बाबुको सहयोगमा बर्दिबासमै रक्षा ट्रान्सपोर्टको सुरुवात गरे । ट्रान्सपोर्टको व्यवसायमा सफल बन्दै गएपछि फुयाँलले आफ्नै सहर बर्दिबासमा अन्य सम्भावना खाेजे । 


उनले लामो समयदेखि बर्दिबास हरेक हिसाबले वातावरणमैत्री हुनुपर्छ भन्ने आवाज उठाउँदै आएका थिए । पछिल्लो समय सवारीसाधनकाे चाप, धुलो, धुवाका कारण वातावरण अस्तब्यस्त बनिरहेका वेला फुयाँलले विद्युतीय सवारी सोरुमको सुरुवात गरेका छन् । धुवा नफ्याँक्ने, आवाज नआउने, पेट्रोल जरुरत नपर्ने भएकाले विद्युतीय सवारीसाधन लोकप्रिय बन्दै गएको छ ।

यही लोकप्रियतालाई क्यास गर्न उनले बर्दिबासमा एभरग्रिन अटो मोटिभ्स नामक विद्युतीय सवारीसाधनको सप्लाइ सुरुवात गरेका छन् । शनिबार मात्र औपचारिक सुरुवात गरेका फुयाँलले सातवटाभन्दा बढी सवारीसाधन बेचिसकेका छन् । जस्को मूल्य न्यूनतम ४५ लाखबाट सुरु हुन्छ । अहिले उनी मासिक लाखभन्दा बढी कमाउँछ्न् ।

‘पछिल्लो समय राजनीतिले युवालाज्ञ झोले बनाएको छ, कुनै नेताको चाकरीमा रमाउने र अगाडि पछाडि लागेर फोटो खिचाउने संस्कारको विकासले युवाहरूमा सकारात्मक सोचलाई विस्थापन गरिदिएको छ,’ फुयाँल भन्छन् । सम्भावना र अवसर आफ्नै अगाडि भएको बताउदै उनले युवाहरूका पाखुरा स्वदेशमै बजारिनुपर्ने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट