2026-07-04 11:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘प्रेम गीत ३’ विवादबारे यस्तो भन्छन् दीपकराज गिरी !

असोज ४, काठमाडौँ | निर्माता एवं अभिनेता दीपकराज गिरीले ‘प्रेम गीत ३’लाई मिल्नेसम्म अधिकार माग्न अनुरोध गरेका छन् । चलचित्रलाई अधिकार दिनेले पनि मिल्नेसम्म सहयोग गर्न उनको अनुरोध छ । 

दीपकराजले ‘प्रेम गीत ३’ले नेपाली चलचित्रको बजारलाई विस्तार गरेको भन्दै त्यसको लागि सम्पूर्ण टिम बधाईको पात्र रहेको बताएका छन् । मंगलवार बिहान चलचित्रलाई शुभकामना दिँदै दीपकराजले लेखेका छन्, ‘प्रेमगीत–३’ चलचित्रले नेपाली बजारलाई विस्तारित गरेको छ । यसको लागि सम्पूर्ण टिम बधाईको पात्र छ । एउटै कुरा हो, अधिकार माग्नेले पनि मिल्ने सम्म मागौँ । दिनेले पनि मिलेसम्म सहयोग गरौँ ।’ ‘प्रेम गीत ३’ आगामी शुक्रवारदेखि नेपाल र भारतसँगै अन्य विभिन्न देशमा एकसाथ प्रदर्शनमा आउँदैछ । भारतमा हिन्दी भाषामा डब भएर प्रदर्शन हुन लागेको चलचित्र नेपालमा भने नेपालीसँगै हिन्दी भाषामा पनि प्रदर्शन हुने तयारी छ । 


हिन्दी संस्करण प्रदर्शनका लागि चलचित्र टिमले नेपाली चलचित्रले झैं सेवा सुविधा पाउनुपर्ने माग विकास बोर्डसमक्ष गरेको छ । तर, बोर्डले भने हिन्दी डब (संस्करण)को प्रतिलिपि बलिउड कम्पनीले किनेको हुँदा ‘विदेशी’ प्रक्रियाबाटै चलचित्र प्रदर्शनमा आउनुपर्ने बताएको छ । 

विदेशी चलचित्रले चलचित्र विकास कर बापत १५ प्रतिशत शुल्क तिर्नुपर्छ । यता हलहरूले चलचित्रलाई रातिको शो राखेका छैनन् । यी कारण केही दिनअघि अभिनेता प्रदीप खड्काले बोर्ड अध्यक्ष भुवन केसीको राजीनामा माग गरेका थिए । 

त्यसपश्चात ‘प्रेम गीत ३’ र विकास बोर्डबीचको विवाद उत्कर्षमा पुगेको छ । सोही प्रसंगलाई लिएर दीपकराजले शुभकामना दिँदै धारणा सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन