भदौ २८, काठमाडौँ । स्वास्थ्य मन्त्रालयले सात प्रदेशमा मेडिकल कजेल स्थापनाका लागि तत्काल कार्ययोजना अगाडि बढाएको छ । 

यसका लागि मन्त्रालयले कलेज स्थापनाको स्थानलगायत अन्य कामको सम्भाव्यता अध्ययनको कामसमेत अगाडि बढाएको जनाएको छ । प्रध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २८, काठमाडौँ । स्वास्थ्य मन्त्रालयले सात प्रदेशमा मेडिकल कजेल स्थापनाका लागि तत्काल कार्ययोजना अगाडि बढाएको छ । 

यसका लागि मन्त्रालयले कलेज स्थापनाको स्थानलगायत अन्य कामको सम्भाव्यता अध्ययनको कामसमेत अगाडि बढाएको जनाएको छ । प्रध"/>

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सात प्रदेशमा मेडिकल कजेल स्थापनाको कार्ययोजना

२०७३, २८ भाद्र मंगलवार ०८:२३

भदौ २८, काठमाडौँ । स्वास्थ्य मन्त्रालयले सात प्रदेशमा मेडिकल कजेल स्थापनाका लागि तत्काल कार्ययोजना अगाडि बढाएको छ । 

यसका लागि मन्त्रालयले कलेज स्थापनाको स्थानलगायत अन्य कामको सम्भाव्यता अध्ययनको कामसमेत अगाडि बढाएको जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, स्वास्थ्यमन्त्री गगनकुमार थापा, शिक्षामन्त्री धनिराम पौडेलसहित माथेमा आयोगका सदस्यबीच आज बालुवाटारमा भएको छलफलमा मन्त्रालयले सो जानकारी गराएको हो । 

प्रधानमन्त्री दाहालले व्यवस्थापिका–संसद्को भदौ २३ गतेको बैठकमा सात प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने जानकारी दिनुभएको थियो । 

स्वास्थ्यमन्त्री थापाका सल्लाहकार प्रताप पौडेलले प्रधानमन्त्रीको सम्बोधनलाई तत्काल कार्यान्वयनमा उतार्न मन्त्रालयले तयार गरेको कार्ययोजनाका बारेमा प्रम दाहाललाई जानकारी गराइएको जानकारी दिनुभयो । 

उहाँका अनुसार सो अवसरमा डा गोविन्द केसी र सरकारबीच आठौँ अनशन अन्त्यका क्रममा भएका सहमतिका बारेमा छलफल भएको थियो । 

हाल व्यवस्थापिका–संसद्मा विचाराधीन चिकित्सा शिक्षा विधेयकलाई तत्काल अगाडि बढाउन व्यवस्थापिका–संसद्लाई अनुरोध गर्ने, प्रस्तावित विधेयकलाई संशोधनमार्फत डा केसीका मागलाई सम्बोधन गर्ने प्रयास गर्ने, त्रिविवि चिकित्सा अध्ययन संस्थानमा तत्काल डिन नियुक्तको प्रक्रिया अगाडि बढाउने, चिकित्सा शिक्षा विधेयक सदनबाट पारित नभएसम्मका लागि नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने विषयमा पनि छलफल भएको थियो । 

डा केसी र सरकारबीच भएको सम्झौताअनुसार प्रस्तावित मनमोहन मेडिकल कलेजको भौतिक सम्पत्तिलाई खरिद गर्ने प्रक्रियाका बारेमा पनि छलफल भएको थियो । 

सल्लाहकार पौडेलले प्रस्तावित विधेयकलाई भोलि बस्ने व्यवस्थापिका–संसद्को बैठकमा प्रस्तुत गर्न लागेको जानकारीसमेत दिनुभयो । 

सो अवसरमा प्रधानमन्त्री दाहालले शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका समस्या र डा केसी र सरकारबीच भएका सम्झौतालाई पूरा गर्न निर्देशन दिनुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते