३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डाइपर फेरिरहँदा अवतारमा छानिएकी थिइन् सलदाना

६ आश्विन २०७९, बिहीबार ०५:२०

असोज ६, लसएन्जल्स | एजेन्सी | हलिउड सुपरहिट फिल्म ‘अवतार’ को दोस्रो भर्सन चाँडै आउने तयारीमा छ । सन् २००९ मा यो फिल्मको पहिलो भाग रिलिज भएको थियो । १३ वर्ष दोस्रो भाग रिलिजको लागि तयारी अवस्थामा छ ।

हालैमात्र फिल्मका कलाकारलाई समेटेर एक पत्रकार सम्मेलन भएको थियो । जहाँ अभिनेत्री जो सलदाना पनि सहभागी थिइन् । उनले आफूले कसरी ‘अवतार’मा जोडिने अवसर पाइन् भन्ने अनौठो किस्सा सुनाएकी थिइन् ।


‘म त्यो क्षणलाई भुल्न सक्दिनँ । जब मलाई फिल्मको टिमले फोन गरे । म त्यतिबेला जिममा थिएँ, त्यही बेला म यो फिल्ममा छानिएको फोन आएको थियो । मलाई नेयत्रीको भूमिकामा अभिनय गर्न प्रस्ताव गरिएको थियो । जुन समयमा जिमको काम सकेर भतिजीको डाइपर फेरिरहेको थिएँ । यसअघि मैले डाइपर हेर्दा यति धेरै इन्जोय गर्ने अवसर पाएको थिइनँ,' उनले हाँस्दै भनिन् ।

‘अवतारः द वे अफ वाटर’ मा जो सलदानाका अलावा केट विन्सलेट, सेम वर्थिंगटन, स्टीफन लैंग, मिशेल रोड्रिग्ज, विन डीजल जस्ता कलाकारको अभिनय छ । जेम्स क्यामरुनको यो फिल्म १६ डिसेम्बरमा रिलिज हुँदैछ । फिल्म यसपटक समुन्द्र तटको आसपास सुट गरिएको छ । फिल्मको दोस्रो भर्सन १९ सय करोडमा निर्माण गरिएको छ ।

१८ सय करोडमा निर्माण भएको ‘अवतार’ ले विश्वव्यापी रुपमा २० हजार ३ सय ६८ करोड रुपैंयाँको कमाई गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली