२०८३, ४ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डाइपर फेरिरहँदा अवतारमा छानिएकी थिइन् सलदाना

२०७९, ६ आश्विन बिहीबार ०५:२०

असोज ६, लसएन्जल्स | एजेन्सी | हलिउड सुपरहिट फिल्म ‘अवतार’ को दोस्रो भर्सन चाँडै आउने तयारीमा छ । सन् २००९ मा यो फिल्मको पहिलो भाग रिलिज भएको थियो । १३ वर्ष दोस्रो भाग रिलिजको लागि तयारी अवस्थामा छ ।

हालैमात्र फिल्मका कलाकारलाई समेटेर एक पत्रकार सम्मेलन भएको थियो । जहाँ अभिनेत्री जो सलदाना पनि सहभागी थिइन् । उनले आफूले कसरी ‘अवतार’मा जोडिने अवसर पाइन् भन्ने अनौठो किस्सा सुनाएकी थिइन् ।


‘म त्यो क्षणलाई भुल्न सक्दिनँ । जब मलाई फिल्मको टिमले फोन गरे । म त्यतिबेला जिममा थिएँ, त्यही बेला म यो फिल्ममा छानिएको फोन आएको थियो । मलाई नेयत्रीको भूमिकामा अभिनय गर्न प्रस्ताव गरिएको थियो । जुन समयमा जिमको काम सकेर भतिजीको डाइपर फेरिरहेको थिएँ । यसअघि मैले डाइपर हेर्दा यति धेरै इन्जोय गर्ने अवसर पाएको थिइनँ,' उनले हाँस्दै भनिन् ।

‘अवतारः द वे अफ वाटर’ मा जो सलदानाका अलावा केट विन्सलेट, सेम वर्थिंगटन, स्टीफन लैंग, मिशेल रोड्रिग्ज, विन डीजल जस्ता कलाकारको अभिनय छ । जेम्स क्यामरुनको यो फिल्म १६ डिसेम्बरमा रिलिज हुँदैछ । फिल्म यसपटक समुन्द्र तटको आसपास सुट गरिएको छ । फिल्मको दोस्रो भर्सन १९ सय करोडमा निर्माण गरिएको छ ।

१८ सय करोडमा निर्माण भएको ‘अवतार’ ले विश्वव्यापी रुपमा २० हजार ३ सय ६८ करोड रुपैंयाँको कमाई गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन