भदौ २८, काठमाडौँ । कृषिमन्त्री गौरीशङ्कर चौधरीले नेपालमा कृषिको विकास नभएसम्म देशको आर्थिक विकास असम्भव भएको बताउनुभएको छ ।&n"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २८, काठमाडौँ । कृषिमन्त्री गौरीशङ्कर चौधरीले नेपालमा कृषिको विकास नभएसम्म देशको आर्थिक विकास असम्भव भएको बताउनुभएको छ ।&n"/>
२०८३, ७ बैशाख सोमबार
काठमाडौँ - KTM

कृषिको विकास नभएसम्म आर्थिक विकास असम्भव: कृषिमन्त्री चौधरी

२०७३, २८ भाद्र मंगलवार १०:४१

भदौ २८, काठमाडौँ । कृषिमन्त्री गौरीशङ्कर चौधरीले नेपालमा कृषिको विकास नभएसम्म देशको आर्थिक विकास असम्भव भएको बताउनुभएको छ । 

फ्लोरिकल्चरल एसोसिएसन नेपालको २४औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै मन्त्री चौधरीले कृषि क्षेत्रमा आमूल परिवर्तन गरी कृषकलाई आत्मनिर्भर गर्न सरकारले कृषकका लागि नयाँ कार्यक्रम ल्याउने योजना गरिरहेको बताउनुभयो । बेरोजगार युवालाई कृषि क्षेत्रमा आकर्षित गरी परिचालन गर्न सरकार गम्भीरतापूर्वक लागिरहेको र कृषि क्षेत्रमा सरकारले ७० प्रतिशत लगानी गरिरहेको उहाँले बताउनुभयो । 

कृषि बिमा, कृषि निवृत्तिभरण तथा कृषि ऋण उपलब्ध गराउन सरकारले योजना बनाइरहेको मन्त्री चौधरीले बताउनुभयो । “नेपालमा अझैसम्म किसान आयोग बन्न सकेको छैन । यसै वर्षभित्र किसान आयोग गठन गरी नीति निर्माण गर्छा,” उहाँले भन्नुभयो । 

मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीले ७५ जिल्लामा पुष्प व्यवसाय विस्तार गर्न सक्ने सम्भावना रहेकोले सरकार व्यवसायीको चुनौती सामना गरी व्यावसायिक विस्तार गर्ने कुरामा साझेदारी गर्न तयार रहेको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेशकुमार श्रेष्ठले पुष्प व्यवसाय छरिएर रहेको अवस्थामा रहेकामा हाल आएर व्यवसायका रुपमा विकास भएकामा खुसी व्यक्त गर्नुभयो । 

एसोसिएसनका अध्यक्ष दिलीप बादेले पुष्प व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले रोजगारी पाएको बताउनुभयो । विसं २०११ मा सुरु भएको पुष्प व्यवसायले हाल वार्षिक रु २२ करोडको कारोबार गर्दै आएको छ । नेपालले विदेशबाट रु १० करोडको पुष्प व्यवसायसँग सम्बद्ध वस्तु आयात गर्दै आएको छ भने रु तीन करोडभन्दा बढीको निर्यात गर्दै आएको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ