भदौ २८, काठमाडौँ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपाल–भार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ २८, काठमाडौँ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपाल–भार"/>

2026-06-24 03:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल–भारत सम्बन्धमा नयाँ अध्यायको विकास

2016-09-13


भदौ २८, काठमाडौँ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपाल–भारत सम्बन्धमा नयाँ अध्यायको विकास हुने बताएका छन् । 

तीन दिने भारत भ्रमण सकेर काठमाडौँ फर्किएपछि उनले अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सोबताएका हुन् । मन्त्री डा महत आइतबार भारततर्फ गएका थिए । 

परराष्ट्रमन्त्री डा महतले भारतमा रहँदा त्यहाँका विदेशमन्त्री सुष्मा स्वराज, ऊर्जामन्त्री पियूष कोयल, जलस्रोतमन्त्री उमा भारतीलगायतका नेतासँग द्विपक्षीय सम्बन्ध र सहयोगका बारेमा मैत्रीपूर्ण छलफल भएको बताए । 

बिहीबारदेखि प्रधानमन्त्री पुष्पकमल दाहालले भारतको चारदिने राजकीय भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्रीको भ्रमणको तयारीको शिलशिलामा परराष्ट्रमन्त्री डा महतले भारत भ्रमण गरेका हुन् । 

उनले पञ्चेश्वर जलविद्युत् परियोजना निर्माणमा भारतले तदारुकता देखाउनुपर्ने आफूले जानकारी गराएको बताए । झन्डै दुईदशकअघिदेखि रोकिएको उक्त आयोजना निर्माण सम्बन्धमा २०७१ साउन १८ गते भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणमा आउँदा छलफल भएको थियो । 

परराष्ट्रमन्त्री डा महतले भारतमा रहँदा त्यहाँका नेतासँग सीमा क्षेत्रमा डुबान, कृषि वस्तुको निर्यात, कमला डाइभर्सन, हुलाकी सडक, डडेल्धुरा, बैतडी र दार्चुला जोड्ने रिङ्रोड, थप नयाँ नाका खोल्नेलगायतका विषयमा छलफल भएको जानकारी दिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ