भदौ २८, काठमाडौँ । गोरखाकी विष्णुमाया न्यौपानेले आफ्नो छोराको उपचारका लागि कान्तिबाल अस्पताल ल्याउँदा आकस्मिक कक्षमा समेत पाल"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २८, काठमाडौँ । गोरखाकी विष्णुमाया न्यौपानेले आफ्नो छोराको उपचारका लागि कान्तिबाल अस्पताल ल्याउँदा आकस्मिक कक्षमा समेत पाल"/>
२०८३, २० जेष्ठ बुधबार
काठमाडौँ - KTM

आकस्मिक कक्षमा समेत पालो पाइँदैन

२०७३, २८ भाद्र मंगलवार १०:५६

भदौ २८, काठमाडौँ । गोरखाकी विष्णुमाया न्यौपानेले आफ्नो छोराको उपचारका लागि कान्तिबाल अस्पताल ल्याउँदा आकस्मिक कक्षमा समेत पालो पाउन मुस्किल भएको बताउनुभयो । 

मङ्गलबार बिहान अस्पतालमा भेटिनुभएकी उहाँले आकस्मिक कक्षमा पर्याप्त चिकित्सक नहुँदा बिगतमा पनि यस्तै दुखः पाएको गुनासो गर्नुभयो । आज स्वास्थ्यमन्त्री गगनकुमार थापा अस्पतालको निरीक्षण गर्न त्यहाँ पुग्दा बिरामीदेखि चिकित्सकले आकस्मिक कक्ष सुधार हुनुपर्ने माग गरेका थिए । 

गौशालाबाट छोरीको उपचार गर्न पखाईमा बस्नुभएकी देवी शर्माले बालबालिकाको उपचार यहाँ भन्दा अन्य अस्पतालमा राम्रो नहुने भन्ने लागेर जति भीड हुदाँ पनि आफू सधँै कान्ति नै आउने गरेको बताउनुभयो । 

उहाँले भन्नुभयो–‘‘ आजपनि बिहानै आएपनि पालोआएको छैन । थोरै चिकित्सक भएकाले धेरै भीड हुन्छ । पालो पाउनै सकिन्न । कतिजना त पालो नपाएर अरु अस्पतालमा जानुपर्ने बाध्यता छ ।’’ 

यस्तै, अस्पतालमा आइसियूमा शै्य्या नपाएर धेरै बिरामी उपचारबाट वञ्चित हुनुपरेको गुनासो आएको भन्दै मन्त्री थापाले अस्पताल प्रशासनलाई बजेटको अभावमा रोकिएको निमार्णाधीन ५२ शै्य्याको आइसियू शैयालाई अगाडि बढाउन निर्देशन दिनुभयो । 

वर्षमा कति बिरामी उपचार पाउन नसकेर फर्किए त्यसको कारणसहित प्रतिवेदन बुझाउन तथा सानो प्रयासबाट सुधार गर्न सकिने आकस्मिक कक्ष, आयसियूको व्यवस्था सूचना कक्ष, त्यहाँको उपचार प्रक्रियाबारे जानकारी दिन र सरसफाइमा तुरुन्तै सुधार गर्न पनि निर्देशन दिनुभयो । 

मन्त्री थापाले यो अस्पताल देशकै एक मात्र बालअस्पताल भएको र यहाँको सेवा पनि उत्कृष्ट भएभएकाले तीन महिनामा अस्पतालमा धेरै परिवर्तनका लागि पहल गर्ने बताउनुभयो । 

‘‘कुनैपनि बिरामी बच्चा उपचार नपाएर फर्कनुहुदैँन । यस्तो अवस्था आउन नदिन के गर्नुपर्छ । तपाईहरुले स्पष्ट समाधानसहितको खाका तयार गर्नुस् । सुधारको कार्य आजैबाट सुरु गरौँ,’’ मन्त्री थापाले भन्नुभयो । 

उहाँले आम नागरिकलाई आफ्ना बालबालिकाको नाममा गर्ने खर्च कटौति गरेर केही रकम यस अस्पतालमा उपचार गराउन नसक्नेलाई सहयोग पु¥याउन अपिल गर्नुभयो । 

स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीले रकमको अभावमा अड्किएको आइसियूको स्तरोन्नतीमा कुनै समस्या आउन नदिने बताउनुभयो । 

अस्पतालले आफ्नो १८ शै्य्याको आइसियू बढाएर ५२ शै्य्याको पु¥याउन लागको तर त्यसको लागि आवश्यक जनशक्ति अभाव भएको भन्ने अस्पतालका निर्देशक डा अजित रायमाझीको भनाइमा सचिव उप्रेतीले त्यसमा पनि मन्त्रालयले सहयोग उपलब्ध गराउने जानकारी दिनुभयो । 

अस्पतालका बालरोग विशेषज्ञ डा कृष्ण पौडेलले देशभरीका बालबालिका उपचार गर्न कान्ति बाल अस्पतालमा नै आउने भएकाले बिरामीको अत्यधिक चाप रहेको तर दरबन्दी २०४० देखि अहिलेसम्मथप नभएको गुनासो जानकारी दिनुभयो । 

अहिले कान्ति बाल अस्पतालको आकास्मिक कक्षमा दैनिक ३०० र बहिरङ्ग (ओपिडी) मा ६०० बिरामी आउने भएकाले जाँच गर्न जनशक्ति पनि अपुग भएको र एउटा चिकित्सकले दिनमा ६० भन्दा बढी बिरामी हेर्नुपर्ने बाध्यता छ उहाँले भन्नुभयो । 

यस अस्पताललाई राष्ट्रिय बालस्वास्थ्य प्रतिष्ठान बनाइ अगाडि बढाउनुपर्ने माग पनि अस्पताल प्रशासनले मन्त्री समक्ष राखेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश