भदौ २८, काठमाडौँ । गोरखाकी विष्णुमाया न्यौपानेले आफ्नो छोराको उपचारका लागि कान्तिबाल अस्पताल ल्याउँदा आकस्मिक कक्षमा समेत पाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २८, काठमाडौँ । गोरखाकी विष्णुमाया न्यौपानेले आफ्नो छोराको उपचारका लागि कान्तिबाल अस्पताल ल्याउँदा आकस्मिक कक्षमा समेत पाल"/>
३ पुष २०८२, बिहीबार
काठमाडौँ - KTM

आकस्मिक कक्षमा समेत पालो पाइँदैन

२८ भाद्र २०७३, मंगलवार १०:५६

भदौ २८, काठमाडौँ । गोरखाकी विष्णुमाया न्यौपानेले आफ्नो छोराको उपचारका लागि कान्तिबाल अस्पताल ल्याउँदा आकस्मिक कक्षमा समेत पालो पाउन मुस्किल भएको बताउनुभयो । 

मङ्गलबार बिहान अस्पतालमा भेटिनुभएकी उहाँले आकस्मिक कक्षमा पर्याप्त चिकित्सक नहुँदा बिगतमा पनि यस्तै दुखः पाएको गुनासो गर्नुभयो । आज स्वास्थ्यमन्त्री गगनकुमार थापा अस्पतालको निरीक्षण गर्न त्यहाँ पुग्दा बिरामीदेखि चिकित्सकले आकस्मिक कक्ष सुधार हुनुपर्ने माग गरेका थिए । 

गौशालाबाट छोरीको उपचार गर्न पखाईमा बस्नुभएकी देवी शर्माले बालबालिकाको उपचार यहाँ भन्दा अन्य अस्पतालमा राम्रो नहुने भन्ने लागेर जति भीड हुदाँ पनि आफू सधँै कान्ति नै आउने गरेको बताउनुभयो । 

उहाँले भन्नुभयो–‘‘ आजपनि बिहानै आएपनि पालोआएको छैन । थोरै चिकित्सक भएकाले धेरै भीड हुन्छ । पालो पाउनै सकिन्न । कतिजना त पालो नपाएर अरु अस्पतालमा जानुपर्ने बाध्यता छ ।’’ 

यस्तै, अस्पतालमा आइसियूमा शै्य्या नपाएर धेरै बिरामी उपचारबाट वञ्चित हुनुपरेको गुनासो आएको भन्दै मन्त्री थापाले अस्पताल प्रशासनलाई बजेटको अभावमा रोकिएको निमार्णाधीन ५२ शै्य्याको आइसियू शैयालाई अगाडि बढाउन निर्देशन दिनुभयो । 

वर्षमा कति बिरामी उपचार पाउन नसकेर फर्किए त्यसको कारणसहित प्रतिवेदन बुझाउन तथा सानो प्रयासबाट सुधार गर्न सकिने आकस्मिक कक्ष, आयसियूको व्यवस्था सूचना कक्ष, त्यहाँको उपचार प्रक्रियाबारे जानकारी दिन र सरसफाइमा तुरुन्तै सुधार गर्न पनि निर्देशन दिनुभयो । 

मन्त्री थापाले यो अस्पताल देशकै एक मात्र बालअस्पताल भएको र यहाँको सेवा पनि उत्कृष्ट भएभएकाले तीन महिनामा अस्पतालमा धेरै परिवर्तनका लागि पहल गर्ने बताउनुभयो । 

‘‘कुनैपनि बिरामी बच्चा उपचार नपाएर फर्कनुहुदैँन । यस्तो अवस्था आउन नदिन के गर्नुपर्छ । तपाईहरुले स्पष्ट समाधानसहितको खाका तयार गर्नुस् । सुधारको कार्य आजैबाट सुरु गरौँ,’’ मन्त्री थापाले भन्नुभयो । 

उहाँले आम नागरिकलाई आफ्ना बालबालिकाको नाममा गर्ने खर्च कटौति गरेर केही रकम यस अस्पतालमा उपचार गराउन नसक्नेलाई सहयोग पु¥याउन अपिल गर्नुभयो । 

स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीले रकमको अभावमा अड्किएको आइसियूको स्तरोन्नतीमा कुनै समस्या आउन नदिने बताउनुभयो । 

अस्पतालले आफ्नो १८ शै्य्याको आइसियू बढाएर ५२ शै्य्याको पु¥याउन लागको तर त्यसको लागि आवश्यक जनशक्ति अभाव भएको भन्ने अस्पतालका निर्देशक डा अजित रायमाझीको भनाइमा सचिव उप्रेतीले त्यसमा पनि मन्त्रालयले सहयोग उपलब्ध गराउने जानकारी दिनुभयो । 

अस्पतालका बालरोग विशेषज्ञ डा कृष्ण पौडेलले देशभरीका बालबालिका उपचार गर्न कान्ति बाल अस्पतालमा नै आउने भएकाले बिरामीको अत्यधिक चाप रहेको तर दरबन्दी २०४० देखि अहिलेसम्मथप नभएको गुनासो जानकारी दिनुभयो । 

अहिले कान्ति बाल अस्पतालको आकास्मिक कक्षमा दैनिक ३०० र बहिरङ्ग (ओपिडी) मा ६०० बिरामी आउने भएकाले जाँच गर्न जनशक्ति पनि अपुग भएको र एउटा चिकित्सकले दिनमा ६० भन्दा बढी बिरामी हेर्नुपर्ने बाध्यता छ उहाँले भन्नुभयो । 

यस अस्पताललाई राष्ट्रिय बालस्वास्थ्य प्रतिष्ठान बनाइ अगाडि बढाउनुपर्ने माग पनि अस्पताल प्रशासनले मन्त्री समक्ष राखेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट