2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सपनामा श्रीमतीको पर पुरुषसँग सम्बन्ध देखे, उठेर चक्कुले घाँटीमा हाने

September 23, 2022

असोज ७, काठमाडौँ | एजेन्सी | एक व्यक्तिले सपनामा आफ्नी श्रीमतीको पर पुरुषसँग सम्बन्ध भएको देखे । सपनामा देखेको कुराले उनलाई बिपनामा यति रिस उठायो कि उनले श्रीमतीलाई चक्कुले हमला गरे । ती व्यक्तिले श्रीमतीको गर्धन र हातमा थुप्रै पटक हमला गरेर उनलाई घाइते बनाए र फरार भए ।


घाइते अवस्थामा नै श्रीमतीलाई अस्पताल लगियो जहाँ उनको उपचारपछि ज्यान भने बचेको छ । ९ अगस्टमा भएको घटनापछि फरार रहेका आरोपी श्रीमानलाई अहिले पक्राउ गरिएको छ । करिब पाँच हप्तापछि प्रहरीले उनलाई पक्राउ गरेको छ ।

द मिररको खबर अनुसारघटना ब्राजिलको प्लेनाल्टिनाको हो । यहाँ ३७ वर्षका एक व्यक्तिमाथि सपनामा देखेको कुरालाई वास्तविक ठानेर हमला गरेको आरोप लागेको छ । श्रीमतीको गर्धन र हातमा गम्भीर चोट लागेको छ ।

यी दुईको १३ वर्ष अघि विवाह भएको थियो । उनीहरुका चार सन्तान छन् ।

सपना देखे र श्रीमतीमाथि हमला गरे

रिपोर्टका अनुसार घटना भएको दिन यो जोडीको मध्य रातमा झगडा परेको थियो किनभने श्रीमानले उनकी श्रीमतीको अन्य व्यक्तिसँग अफेयर चलिरहेको भनेर सपना देखेका थिए । उनी निद्राबाट ब्युँझिए र सपनामा देखेको कुरा निकालेर श्रीमतीसँग बहस गर्न थाले । तर पीडितले त्यस्तो केही नभएको र यो उनको भ्रम मात्रै भएको भनेर श्रीमानलाई सम्झाइन् ।

त्यसपछि उनी सुत्न गइन् । आरोपीले उक्त सपनाबारे बारम्बार सोचेको र यसैकारण उनलाई रिस उठेको बताइन्छ । उनले त्यसपछि चक्कु उठाए र त्यो श्रीमतीमाथि प्रहार गरेको स्थानीय मिडियाले बताएको छ ।

उनले श्रीमतीको घाँटी, कोलारबोन र हातमा बारम्बार चक्कुमार्फत् हमला गरेको बताइन्छ ।

पीडित कसैगरी थप आक्रमणबाट उम्किन सकिन् । उनलाई तुरुन्तै स्थानीय अस्पताल लगियो । तसर्थ उनको ज्यान बच्न सक्यो ।  प्रहरीका अनुसार आरोपीले आफ्नो अपराध स्वीकार गरिसकेका छन् । उनको एक आपराधिक रेकर्ड पनि छ । उनीविरुद्ध श्रीमतीको हत्याको प्रयासको आरोप लगाइएको छ । यसबारे अनुसन्धान जारी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ