भदौ २८, काठमाडौँ । आपूर्तिमन्त्री दीपक बोहराले यस वर्षको दसैँ सम्पूर्ण नागरिकले मूल्यवृद्धिरहित दसैँका रुपमा मनाउन पाउने दाबी ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २८, काठमाडौँ । आपूर्तिमन्त्री दीपक बोहराले यस वर्षको दसैँ सम्पूर्ण नागरिकले मूल्यवृद्धिरहित दसैँका रुपमा मनाउन पाउने दाबी ग"/>
२०८३, ७ बैशाख सोमबार
काठमाडौँ - KTM

मूल्यवृद्विरहित दसैँ हुनेछ: मन्त्री बोहरा

२०७३, २८ भाद्र मंगलवार ११:१४

भदौ २८, काठमाडौँ । आपूर्तिमन्त्री दीपक बोहराले यस वर्षको दसैँ सम्पूर्ण नागरिकले मूल्यवृद्धिरहित दसैँका रुपमा मनाउन पाउने दाबी गर्नुभएको छ । 

राष्ट्रिय उपभोक्ता मञ्चको ११औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले दसैँ तिहारमा मात्र नभइ नियमित बजार अनुगमन गर्ने र नियमविपरित गएकालाई तत्काल कारबाही गर्ने बताउनुभयो । 

“उपभोक्ता हितसम्बन्धी अब बन्ने नयाँ कानुन कडाभन्दा कडा हुनेछ,” मन्त्री बोहराले भन्नुभयो– “आर्थिकका साथै सामाजिक रुपमा समेत कडा दण्डसजायको व्यवस्था उक्त कानुनमा हुनेछ । कम्तीमा पनि रु १० लाखदेखि रु २० लाखसम्म आर्थिक जरिवाना र १० वर्षको जेल सजायको व्यवस्था गर्ने हो भने कानुन बाहिर कसैले जाने हिम्मत गर्दैनन् ।” 

पछिल्लो १५ दिनमा एकै ठाउँबाट रु ३४ लाखसम्मको म्याद नाघेका सामान नष्ट गरेको बताउँदै मन्त्री बोहराले अहिलेसम्म ४०७ जनालाई कारबाही समेत गरिसकेको जानकारी दिनुभयो । 

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक गोकुलप्रसाद धितालले संविधानले उपभोक्ताको मौलिक हकको ग्यारेन्टी गरेको बताउँदै उपभोक्ता हित विपरित कार्य गर्नेलाई कानुनी कठघरामा ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले उपभोक्तालाई आफ्नो अधिकारबारे झकझकाउने, व्यवसायीलाई प्रोत्साहित र खबरदारी गर्ने कामलाई निरन्तरता दिँदै आएको बताउनुभयो । कार्यक्रममा मञ्चका मकवानपुर र सुनसरी शाखालाई सराहनीय कार्य गरेको भन्दै सम्मान गरिएको थियो । 

यसैगरी दुग्ध विकास संस्थान, सिताराम दूध उद्योग, अन्नपूर्ण पोष्ट दैनिकका पत्रकार राजेश बर्मा, सगरमाथा टेलिभिजनका जीतेन्द्र श्रेष्ठ, गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालालाई सम्मान गरिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ