भदौ २८, काठमाडौं । आर्थिक कुटनीतिज्ञहरुले प्रधानमन्त्रीको भारत भ्रमण आर्थिक विषयमा केन्द्रित हुनुपर्ने सुझाव दिएका छन् । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २८, काठमाडौं । आर्थिक कुटनीतिज्ञहरुले प्रधानमन्त्रीको भारत भ्रमण आर्थिक विषयमा केन्द्रित हुनुपर्ने सुझाव दिएका छन् ।
2026-06-24 03:15 PM
काठमाडौँ - KTM

भारत भ्रमणलाई आर्थिक विकासको एजेण्डामा केन्द्रित गर्न प्रधानमन्त्रीलाई सुझाव

2016-09-13

भदौ २८, काठमाडौं । आर्थिक कुटनीतिज्ञहरुले प्रधानमन्त्रीको भारत भ्रमण आर्थिक विषयमा केन्द्रित हुनुपर्ने सुझाव दिएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रधानमन्त्रीका आर्थिक विकास सल्लाहकार श्रीराम पौडेलले नेपाल–भारत सम्बन्धमा राजनीतिक–आर्थिक सम्बन्ध गाँसिएकोले राजनीतिक सम्बन्ध सुदृढ भए आर्थिक सम्बन्ध आँफै सुदृढ हुने स्पष्ट पारे । उनले प्रधानमन्त्री दाहालको आसन्न भारत भ्रमण सद्भावको भ्रमण हुने जनाए ।

आयोजित साक्षात्कार कार्यक्रममा उनले प्रधानमन्त्रको भ्रमणमा लगानी भित्र्याउनेबारेमा विशेष कुरा हुने समेत विश्वास व्यक्त गरे । नेपाल–भारत सम्बन्धमा बहुआयामिक पक्ष रहेको उल्लेख गर्दै दुईदेशवीचको हितलाई केन्द्रविन्दुमा राखेर द्धिपक्षीय सम्बन्ध अघि बढ्नेमा आफू विश्वस्त रहेको उनको भनाई थियो ।

भारत नेपालको लागि महत्वपूर्ण ट्रेड पार्टनर भएकोले विगतमा भएका मेगा प्रोजेक्टहरुलाई कार्यान्वयनमा ल्याउनेतर्फ प्रधानमन्त्रीको भारत भ्रमण केन्द्रित हुने पौडेलले जनाए । प्रधानमन्त्रीको भ्रमणमा नाकाहरुमा अब कहिल्यै अवरोध नहुनेवारेमा पनि विशेष कुरा हुने उनको विश्वास थियो ।

पूर्वराजदुत एवम् पराष्ट्रविद डा. शंकर शर्माले प्रधानमन्त्रीको भारत भ्रमणमा पेन्डिंग प्रोजेक्टहरुलाई कार्यान्वयन गर्नेबारेमा भ्रमणको एजेण्डा केन्द्रित हुनुपर्नेमा जोड दिए । शर्माले भने,‘परियोजनाहरुको कार्यान्वयनमा ढिलाई भैरहेको छ, हामीले त्यसतर्फ ध्यान दिनुपर्छ ।’

भारतीय लगानी भित्र्याउनको लागि पनि नेपालले होमवर्क गर्नुपर्नेमा जोड दिँदै शर्माले भने,‘लगानी र व्यापारको विशेष सम्बन्ध हुन्छ, त्यसैले हामीले लगानी भित्र्याउनेबारेमा पनि ध्यान दिनुपर्छ ।’ उनले आयात र निर्यातमा पनि नेपालले ध्यान दिनुपर्ने सुझाव दिए ।

भारतले दिएको सफ्ट लोनको समेत नेपालले सही सदुपयोग गर्न नसकेको भन्दै त्यसको सदुपयोगको लागि पनि नेपालले तयारी गर्नुपर्ने शर्माको सुझाव थियो । उनले अघि थपे,‘सफ्ट लोनलाई हामीले सदुपयोग गर्नुपर्छ, कुन परियोजनामा खर्च गर्ने हो, त्यसबारेमा होमवर्क गर्नुपर्छ ।’

आर्थिक कुटनीतिज्ञ डा. विश्वम्भर प्याकुरेलले प्रधानमन्त्रीको भारत भ्रमणमा पेण्डिँग प्राजेक्टहरुलाई अघि बढाउनुपर्नेमा जोड दिए । उनले दुईपक्षीय सम्बन्धलाई आर्थिक विकासको साझेदारीमार्फत अघि बढाउनुपर्ने धारणा राखे ।

भारतसँग नेपालको ठूलो व्यापार घाटा रहेकोले त्यसलाई कम गर्नेतर्फ समेत प्रधानमन्त्रीले आफ्नो भ्रमणमा विशेष कुरा गर्नुपर्ने बताए । उनले द्धिपक्षीय व्यापार सन्धिसम्झौताहरुको समयावधि सकिन लागेको तर्फ संकेत गर्दै त्यसतर्फ समेत ध्यान दिनुपर्ने बताए ।

भारतका लागि पूर्वराजदुत डा. दुर्गेशमान सिंहले प्रधानमन्त्रीको भारत भ्रमणमा आर्थिक साझेदारी, कनेक्टिभीटी, हाईड्रोपावर लगायतका विषयलाई जोड दिनुपर्ने बताए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भ्रमण गरेसँगै दुईदेशवीचको सम्बन्ध राजनीतिक तहबाट अघि बढेको समेत उल्लेख गर्दै थपे,‘हामीले यसबाट फाईदा उठाउनुपर्छ ।’

उनले भारतीय लगानी वृद्धि नभएसम्म भारतसँगको व्यापार घाटा कम नहुने समेत दाबी गरे । उनले थपे,‘भारतीय लगानी वृद्धि गरेपछि मात्रै व्यापार घाटा कम हुन्छ, त्यतातिर हामीले ध्यान दिनुपर्छ ।’अर्का पराष्ट्रविद डा. निश्चलनाथ पाण्डेले प्रधानमन्त्रीको भारत भ्रमण अघिल्लो वर्ष बिग्रिएको नेपाल–भारत सम्बन्ध सुधार गर्ने अवसरको रुपमा रहेको चित्रण गरे ।

पाण्डेले प्रधानमन्त्री दाहालको भारत भ्रमणको केही एजेण्डाहरु भने उदेकलाग्दो रहेको टिप्पणी गरे । प्रधानमन्त्रीले भारतको हिमाञ्चल प्रदेशमा जलविद्युतको विकास हेर्न जाने कुरा नेपालको लागि नौलो नभएको उनको टिप्पणी थियो ।

उनले प्रस्ट्याए,‘जलविद्युतमा हामीसँग १०० वर्षको ईतिहाँस छ, प्रधानमन्त्रीले किन त्यहाँ जानुपर्यो ?’उनले भ्रमणको एजेण्डा तय गर्नेहरुले नै गल्ती गरेको गुनासो पोखे । पाण्डेले प्रधानमन्त्रीलाई भ्रमणमा कनेक्टिभीटिमा जोड दिन आग्रह गरे ।

पाण्डेले विदेशी लगानी भित्र्याउनको लागि राजनीतिक स्थायित्व, सुदृढ कर्माचारीतन्त्रमा जोड दिनुपर्ने सुझाव दिए ।प्रधानमन्त्री दाहालले भारत जानु अघि नै मधेशी मोर्चाको मुद्दा सम्बोधन गर्नुपर्ने उनको सुझाव थियो ।

उनले अघि थपे,‘जायज मुद्दाहरु संविधान संशोधनमार्फत सम्बोधन गर्नुपर्छ, प्रधानमन्त्रीको भारत भ्रमण लगत्तै लगातार भ्रमणका कार्यक्रमहरु छन्, त्यसपछि दशैं तिहार छ, यो मुद्दा नै ओझेलमा पर्छ, मोर्चाले समर्थन फिर्ता लियो भने सरकार दुर्घटनामा पर्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ