रोशन तिवारी, पर्वत भदौ २८ . सुरक्षित विद्यालय परियोजना सञ्चालन भएका पर्वतका १० सामुदायिक विद्यालयका विद्यार्थी, अभिभावक र शिक्षकहरुलाई खोज तथा उद्ध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रोशन तिवारी, पर्वत भदौ २८ . सुरक्षित विद्यालय परियोजना सञ्चालन भएका पर्वतका १० सामुदायिक विद्यालयका विद्यार्थी, अभिभावक र शिक्षकहरुलाई खोज तथा उद्ध"/>
2026-09-19 08:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा खोज तथा उद्धार तालिम

रोशन तिवारी, पर्वत भदौ २८ . सुरक्षित विद्यालय परियोजना सञ्चालन भएका पर्वतका १० सामुदायिक विद्यालयका विद्यार्थी, अभिभावक र शिक्षकहरुलाई खोज तथा उद्धार सम्बन्धि तालिम सञ्चालन गरिएको छ । यूरोपियन आयोगको मानविय सहायता तथा नागरिक सुरक्षा विभाग अन्तर्गत प्लान ईण्टरनेशनल नेपालको आर्थिक सहयोगमा ईन्प्रेड नेपाल पर्वतले तालिमको आयोजना गरेको हो । दुईदिन सम्म चल्ने तालिममा ३० जनाको सहभागिता रहेको छ । तालिममा नेपाली सेनाको रणदल गुल्म गोदामका प्रशिक्षकहरुले सहजीकरण गर्ने जनाइएको छ ।


सेनाले गोदाममा रहेको व्यारेक र अर्मादीखोलामा खोज तथा उद्धारको व्यवहारिक अभ्यास पनि गराउने भएको आयोजकले जनाएको छ । तालिमको उद्घाटन गर्दै स्थानीय विकास अधिकारी युवराज पौडेलले विद्यालय स्तरमा हुने जोखिमको समाधान नगरेसम्म शिक्षण सिकाई प्रभावकारी नहुने भएकाले जोखिमको पहिचान र समाधानको उपाय खोज्नुपर्ने बताए । उनले वर्तमान र भविष्यका हरेक जोखिमको न्युनिकरण गर्न सबैको समान दायित्व हुने उल्लेख गरेका थिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी पर्वत शाखाका सभापति रुद्रबहादुर रिमाल, जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक वविता शर्मा,प्लान ईण्टरनेशनल नेपाल वागलुङका कार्यक्रम अधिकृत भुपमणी दहाल लगायतले बोलेका थिए ।


ईन्प्रेड नेपाल पर्वतका कार्यकारी निर्देशक राजु पौडेलको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य गैसस महासंघ पर्वतका अध्यक्ष राजेन्द्र पौडेल र सञ्चालन ईन्प्रेड नेपालका कार्यक्रम अधिकृत ऋषीराम पौडेलले गरेका थिए । तालिम पश्चात सबै विद्यालयलाई खोज तथा उद्दारमा प्रयोग हुने गल, गैँची, कोदालो, लाईट, हेलमेट जस्ता सामाग्री प्रदान गरिने भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो