२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नागरिकको संवेदनशील विषयमा प्रहार भयाे : गृहमन्त्री खाण

२०७९, १० आश्विन सोमबार ०७:२३

असोज १०, भैरहवा। गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणले जीवनसँग संवेदनशील रहेको विषय नागरिकतामा प्रहार भएको बताएका छन । रुपन्देहीको भैरहवामा आफ्नै सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले जीवन मृत्युको आधारको रुपमा रहेको नागरिकता कुनै बाहानामा हामीले रोक्यौ भने त्यो भन्दा ठूलो असम्यता केही नहुने बताए । ‘जीवनसँग संवेदनशील रहेको विषयमा पनि प्रहार भएको छ । सरकारमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीककृत समाजवादी लगायत पार्टी एक ढिक्का हुँदा पनि असंवैधानिक कदम चालिएको छ,’ उनले भने ।

गठबन्धनलाई नेपाली कांग्रेसले बचाएन भने नेपालको संविधान, लोकतन्त्र, जनताको अधिकारमाथि प्रहार हुने भन्दै उनले आगामी निर्वाचनका लागि उम्मेदवार बन्नेकाे संख्या धेरै देखिनुले  कांग्रेस संकटमा छैन भन्ने सन्देश रहेकाे बताए ।

‘संविधानको पालना सबैले गर्नुपर्छ । सरकारले पनि गर्नु पर्छ हामी सबै पालना गर्न प्रतिबद्ध छौ । देशका अन्य राजनितिक शक्तिहरु पनि प्रतिबद्ध हुनु पर्छ यो लोकतान्तित्रक मूल्यपद्धतिको मूल आधारशीला नै हो । आधारशीलालाई भत्काउने कोशिश भएको छ । प्रतिनिधिसभ र राष्ट्रिय सभाबाट दुई पटक  पारित गरेर पठाएकाे नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले अहिलेकाे राजनीतिक व्यवस्था र सविधानविपरीत कार्य गरेर लोकतान्त्रिक मूल्यलाई कमजोर बनाइएको छ,’ गृहमन्त्री खाणले भने।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी