सन्तोषकुमार गुप्ता । भदौ २३, दाङ । देउखुरी गढवाका एकजना अटोरिक्सा चालकले आफुले फेला पारेको ५० हजार नगद रुँपैया प्रहरीलाई फिर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । भदौ २३, दाङ । देउखुरी गढवाका एकजना अटोरिक्सा चालकले आफुले फेला पारेको ५० हजार नगद रुँपैया प्रहरीलाई फिर्"/>
२४ मंसिर २०८२, मंगलवार
दाङ्ग - DNG

अटोरिक्सा चालकले भेट्टाएको ५० हजार नगद प्रहरीलाई बुझाए

२८ भाद्र २०७३, मंगलवार १५:२९

सन्तोषकुमार गुप्ता । भदौ २३, दाङ । देउखुरी गढवाका एकजना अटोरिक्सा चालकले आफुले फेला पारेको ५० हजार नगद रुँपैया प्रहरीलाई फिर्ता दिएका छन् । दाङ गढवा २ गढवा चौक निवासी २२ वर्षीय महेश चौधरीले रा १ च १०५० नम्वरको आफ्नो अटोरिक्सामा मंगलवार विहान ५० हजार नगद फेला पारेका थिए ।

दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहका अनुसार अटोरिक्सा चालक चौधरीले सिटमुनी फेला परेको ५०० रुँपैयाको १०० थानको ५०,००० रुँपैयाको बण्डल प्रहरीलाई बुझाएका हुन । चौधरीले उक्त रकम सोमवार कसैले आफ्नो रिक्सामा छुटाएको हुन सक्ने भन्दै सम्वन्धित व्यक्तिको पहिचान गरि दिलाउन प्रहरीलाई आग्रह समेत गरेका छन् । चौधरीले उक्त रकम गढुवा बजार आसपासमा बस्ने कुनै व्यक्तिको हुन सक्ने पनि जानकारी प्रहरीलाई दिएका छन् ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ