२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

सरकारी टेलिभिजनमा देखापर्दै सीले भने- समाजवादको नयाँ विजयतर्फ अगाडि बढौं

२०७९, १२ आश्विन बुधबार ०७:२५

असोज १२, काठमाडौं | चिनियाँ राष्ट्रपति सी चिन फिङले सरकारी टेलिभिजनमा देखापर्दै चिनियाँ विशेषतासहितको समाजवादको नयाँ विजयतर्फ दृढ सङ्कल्पका साथ अगाडि बढ्न साझा प्रयास गर्नुपर्नेमा जोड दिएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले विगत एक दशकमा पार्टी र देशले हासिल गरेका उत्कृष्ट उपलब्धिहरूको प्रदर्शनीको मङ्गलबार भ्रमण गर्दै उक्त टिप्पणी गरेको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।


चीनका राष्ट्रपति सी चिनफिङ शाङ्घाई सहयोग शिखर सम्मेलन (एससीओ) शिखर सम्मेलनबाट फर्केको १० दिनपछि सोमबार दिउँसो पहिलोपटक देखापरेका हुन् । आगामी महिना अक्टोबरमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को वार्षिक बैठक हुँदैछ । उक्त बैठकमा राष्ट्रपतिका रूपमा जिनपिङ तेस्रो कार्यकालका लागि निरन्तरता दिन चाहन्छन् ।

एपी न्युज एजेन्सीले पनि जिनपिङ केही दिनपछि बेइजिङमा देखा परेका उल्लेख गरेको छ । उनी सरकारी कार्यक्रममा सहभागी हुन आएका र त्यसको फुटेज सरकारी टेलिभिजनमा प्रसारण भएको हो ।

कार्यक्रममा चिनियाँ राष्ट्रपतिसँगै प्रधानमन्त्री ली खछ्याङलगायत पार्टीका अन्य नेताहरुको पनि उपस्थिति रहेको थियो । यसबाहेक यहाँ चिनियाँ सेनाका केही अफिसर पनि देखिएका थिए । उक्त कार्यक्रममा चीनको आर्थिक विकासबारे छलफल भएको थियो ।

चिनफिङले सेप्टेम्बर १६ मा उज्वेकिस्तानको समरकन्दमा भएको एससीओ शिखर सम्मेलनमा भाग लिएका थिए । दुई वर्षपछि उनको यो पहिलो विदेश भ्रमण थियो । समरकन्दमा दुई दिनको बसाइपछि जिनपिङ बेइजिङ फर्किए र त्यसपछि कुनै पनि कार्यक्रममा देखिएका थिएनन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको पञ्चवर्षीय महाधिवेशन अक्टोबर १६ देखि सुरु हुँदैछ। यसमा जिनपिङले फेरि पाँच वर्षको म्याद थप्ने विश्वास गरिएको छ । सामान्यतया चीनको राष्ट्रपति दुई कार्यकालका लागि मात्र निर्वाचित हुन्छन्, तर यस मामिलामा जिनपिङलाई अपवाद मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने