2026-10-11 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिग बोसबाट १००० करोड पारिश्रमिकको प्रश्नमा सलमान खानले के भने ?

एजेन्सी | रियालिटी शो बिग बोसको १६ औं सिजन चाँडै टिभीमा प्रशारण हुँदैछ । अभिनेता सलमान खानले पछिल्लो १२ वर्षदेखि यसलाई होस्ट गर्दै आएका छन् । नयाँ सिजनबारे जानकारी दिन एक लाइभ शो आयोजना गरिएको थियो । यतिबेला सलमान खानले विभिन्न प्रश्नको जवाफ दिए । बिग बोससँगको आफ्नो लगातार १२ वर्षको यात्रा कस्तो रह्यो भनेर सोध्दा सलमानले भने, ‘१२ वर्ष लामो समय भइसक्यो । अब म यसमा भिजिसकेको  छु ।

यी चार महिनाको अवधिमा म परिवारका सदस्यहरूसँग हुनेछु । बाटो बिराएका घरका सदस्यलाई बाटो देखाउँछु । जसमाथि दुर्व्यवहार गरिन्छ उनीहरुलाई जोगाउँछु । जुन चार महिना बित्छन्, यसमा सहभागी परिवारका सदस्य जस्तै हुन्छन् ।’ बिग बोसका लागि मोटो शुल्क लिएको हल्लाको सलमान खानले खुलेर जवाफ दिएका छन् ।

उनले भने, ‘मेरो शुल्कको बारेमा सबै रिपोर्टहरू गलत छन् । यदि मैले १००० करोड रुपैयाँ पाएँ भने, म जीवनमा कहिल्यै काम गर्दिनँ । तर एक दिन त्यो समय पनि आउनेछ । यदि मैले यो कहिल्यै पाएँ भने पनि मेरो धेरै खर्च छ… वकिलको शुल्क पनि धेरै नै छ । धेरै पैसा त त्यसमा नै खर्च हुन्छ । मेरो कमाई यसको एक चौथाई पनि छैन । यो जुन आँकडा तपाईंहरुले बढाइचढाइ गर्नु हुन्छ नि,  भाइ यसलाई आयकर र ईडीले पनि याद गरिरहेको हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध