३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिग बोसबाट १००० करोड पारिश्रमिकको प्रश्नमा सलमान खानले के भने ?

१२ आश्विन २०७९, बुधबार ०९:१६

एजेन्सी | रियालिटी शो बिग बोसको १६ औं सिजन चाँडै टिभीमा प्रशारण हुँदैछ । अभिनेता सलमान खानले पछिल्लो १२ वर्षदेखि यसलाई होस्ट गर्दै आएका छन् । नयाँ सिजनबारे जानकारी दिन एक लाइभ शो आयोजना गरिएको थियो । यतिबेला सलमान खानले विभिन्न प्रश्नको जवाफ दिए । बिग बोससँगको आफ्नो लगातार १२ वर्षको यात्रा कस्तो रह्यो भनेर सोध्दा सलमानले भने, ‘१२ वर्ष लामो समय भइसक्यो । अब म यसमा भिजिसकेको  छु ।


यी चार महिनाको अवधिमा म परिवारका सदस्यहरूसँग हुनेछु । बाटो बिराएका घरका सदस्यलाई बाटो देखाउँछु । जसमाथि दुर्व्यवहार गरिन्छ उनीहरुलाई जोगाउँछु । जुन चार महिना बित्छन्, यसमा सहभागी परिवारका सदस्य जस्तै हुन्छन् ।’ बिग बोसका लागि मोटो शुल्क लिएको हल्लाको सलमान खानले खुलेर जवाफ दिएका छन् ।

उनले भने, ‘मेरो शुल्कको बारेमा सबै रिपोर्टहरू गलत छन् । यदि मैले १००० करोड रुपैयाँ पाएँ भने, म जीवनमा कहिल्यै काम गर्दिनँ । तर एक दिन त्यो समय पनि आउनेछ । यदि मैले यो कहिल्यै पाएँ भने पनि मेरो धेरै खर्च छ… वकिलको शुल्क पनि धेरै नै छ । धेरै पैसा त त्यसमा नै खर्च हुन्छ । मेरो कमाई यसको एक चौथाई पनि छैन । यो जुन आँकडा तपाईंहरुले बढाइचढाइ गर्नु हुन्छ नि,  भाइ यसलाई आयकर र ईडीले पनि याद गरिरहेको हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट