पर्वत  २९ भाद्र ।  जिल्लाको थापाठानामा संचालन भएको एक दिने घुम्ती शिविरबाट ९ सय भन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् ।    सोमबार थापाठानाको गाविस कार्यालयमा भएको घुम्ती शिविरबाट थापाठाना, कार्कीनेटा, खौलालाँकुरी, ठूलीपोखरी, शंखरपोखरी र भँगराका ९ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत  २९ भाद्र ।  जिल्लाको थापाठानामा संचालन भएको एक दिने घुम्ती शिविरबाट ९ सय भन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् ।    सोमबार थापाठानाको गाविस कार्यालयमा भएको घुम्ती शिविरबाट थापाठाना, कार्कीनेटा, खौलालाँकुरी, ठूलीपोखरी, शंखरपोखरी र भँगराका ९ "/>
2026-06-16 07:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

घुम्ती शिविरबाट ९ सय लाभान्वित

2016-09-14

पर्वत  २९ भाद्र ।  जिल्लाको थापाठानामा संचालन भएको एक दिने घुम्ती शिविरबाट ९ सय भन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् ।    सोमबार थापाठानाको गाविस कार्यालयमा भएको घुम्ती शिविरबाट थापाठाना, कार्कीनेटा, खौलालाँकुरी, ठूलीपोखरी, शंखरपोखरी र भँगराका ९ सय १५ जना स्थानियबासी प्रत्यक्ष रुपमा लाभान्वित भएका हुन् । घुम्ती शिविरमा नागरिकता वितरण, विउविजन, पशु चिकित्सा परामर्श तथा औषधि वितरण गरिएको    थियो । त्यसैगरी  विरुव वितरण, फोटो सहितको मतदाता परिचयपत्र वितरण, पानी शुद्धिकरण गर्ने औषधि दिने, स्वास्थ्य परिक्षण र औषधी वितरण गरिएको थियो भने सो कार्यक्रममा  स्वास्थ्य शिविर, उद्योग दर्ता तथा नविकरण लगायतका सेवा समेत प्रवाहगरिएको बताइएको छ ।


उक्त शिविरबाट बंशजको आधारमा १ सय ३६ जनाले नागरिकताको परिचयपत्र र ८७ जनाले फोटो सहितको परिचयपत्र लिए ।
त्यसैगरी कृषि सेवा ४ सय १० जनाले लिएका छन्  भने  पशुचिकित्सा तथा  परामर्श र औषधि लिनेमा १ सय ९८ जना सर्वसाधारण छन् । त्यसैगरी विभिन्न घाँस तथा काठ उत्पादन हुने  विरुवा ८३ जनाले लिएका थिए । त्यस्तै खानेपानीको मुल संरक्षण तथा पानी शुद्धिकरणको औषधी १ सय ६५ जनालाई वितरण गरिएको थियो । आयुर्बेदिक स्वास्थ्य परिक्षण तथा औषधी वितरणबाट ३ सय ८५ जना लाभान्वित भएका थिए । अपाङगता, जेष्ठ नागरिक परिचयपत्र १ सय ८ जनाले शिविरबाट लिएका थिए भने स्वास्थ्य शिविरबाट १ सय ६५ जनाले सेवा लिएका हुन् । सोही अबसरमा जिल्ला विकास समितिले सार्वजानिक सुनुवाइ कार्यक्रमको आयोजना समेत गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ