१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरी क्षेत्र नम्बर १ (क) मा माओवादीद्वारा नेताको स्वतन्त्र मनोनयन दर्ता

२३ आश्विन २०७९, आईतवार १४:१९

विशाल बस्नेत । असोज २३, महोत्तरी । माओवादी केन्द्रबाट दुई जना चर्चित नेताहरूले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । विशेषगरी महोत्तरी क्षेत्र नम्बर १ (क) बाट राजन ढुङ्गानाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।


सत्तागठबन्धनको भागबण्डाअनुसार यहाँ  प्रतिनिधिसभा र प्रदेशसभाको लागी (ख) माओवादी केन्द्रको भागमा परेको छ ।

(क) मा माओवादी केन्द्रका राजन ढुङ्गानाले स्वतन्त्र मनोनयन दर्ता गरेसँगै निक्कै चर्चा सुरु भएको छ ।

गिरिराजमणि पोखरेल निकट मानिने नेता ढुङ्गानाको मनोनयन दर्तालाई लिएर समकक्षी उम्मेदवारसमेत तरङ्गीत बनेका छन् ।

अघिल्लो स्थानीय निर्वाचनमा वडामा समेत ढुङ्गाना अध्यक्षमा अत्यधिक मतले निर्वाचित भएका थिए । आफ्नो कार्यकालमा निक्कै कुशलता देखाएका ढुङ्गानाको चर्चा अहिले पनि हुने गर्छ ।

वडा नम्बर ३ को भौतिक विकाशदेखि जनताको आधारभूत आवश्यकतामा ढुङ्गानाले पुर्‍याएको योगदान अहिले पनि वडाभरि चर्चा छ ।

अध्यक्ष हुँदा नै हेभीवेट बनाएका ढुङ्गानाले स्थानीय तहको निर्वाचनमा नगरप्रमुखमा प्रतिस्पर्धा गर्ने चाहनासमेत  व्यक्त गरेका थिए । तर अर्का नेता राजु खडकाले टिकट पाएपछि उनी ब्याक भए ।

स्वतन्त्र उम्मेदवारी दर्ता गरे पनि ढुङ्गाना अन्य उम्मेदवार भन्दा मुख्य प्रतिस्पर्धी मानिएका छन् । प्रदेशमा मुख्य प्रतिस्पर्धी मानिएकी नेकपा एमालेकी शारदादेवी थापा र गठबन्धनका साझा उम्मेदवार सुरेश राउतको लागिसमेत बलियो प्रतिस्पर्धी भएको नेताहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ