२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटको राँचुलीमा पहिरोमा परी मलामी गएका १३ जनाको मृत्यु

२०७९, २४ आश्विन सोमबार ०६:५६

असोज २४, काठमाडौ । कालिकोटमा तिलागुफा नगरपालिका ४ राँचुलीमा मलामी गएका १३ जनाको पहिरोमा परी मृत्यु भएको छ । आइतबार दिउँसो राँचुली गाउँमा गएको पहिरोमा परी घाटमा पुगेकामध्ये १३ जनाको पहिरोमा परी मृत्यु भएको हो ।

दुर्घटनास्थलमै रहेका तिलागुफा नगरपालिकाका उपमेयर महेन्द्र बहादुर शाहीका अनुसार पहिरोमा परेर १३ जना वेपत्ता भएको पुष्टी भएको छ । शाहीका अनुसार उनीहरु कोही पनि जिवित भेट्ने सम्भावना नरहेको शाहीले बताए ।  उपमेयर शाहीका अनुसार मलामी गएका वडा नम्बर ४ राँचुलीका वडाध्यक्ष पर बहादुर शाही पनि पहिरोमा परी वेपत्ता भएका छन् । स्थानीय युवा हेमराज शाहीको शनिवार मृत्यु भएपछि आइतबार करिब ७० जना तिला नदीको घाटमा मलामी गएका थिए । 

घाटमा पुगेकामध्ये १३ जनालाई पहिरोले पुरेको अन्य मलामीको भनाइ उद्धृत गर्दै उपमेयर शाहीले १३ जनाको मृत्यु भइसकेको पुष्टी गरे । शाहीले भने, ‘घाटमा लाश जलाउने क्रममा राँचुली गाउँमा आएको पहिरोले १३ जनाको मृत्यु भएको पुष्टि जस्तै भइसकेको छ । उनीहरु पहिरोमा परेका मलामी गएका अन्यले देखेका छन् । अब उनीहरुलाई जिवित भेट्ने सम्भावना छैन ।’

अझै ठूलो पहिरोको जोखिम बढेको कारण राँचुली गाउँ खाली गराएर २०४ घरका बासिन्दालाई स्थानीय कालिका माविको प्राङ्गणमा सेल्टर दिएर राखिएको छ । अहिले त्यहाँ उद्धारको काम भइरहेको उपमेयर शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने