भाद्र २९ पर्वत । पर्वतको जिल्ला अस्पतालमा स्वास्थ्य चेकजाँच गर्ने सर्वसाधारणको यता भीड लाग्दै आएको छ । जिल्ला अस्पतालमा केही समय यतादेखि स्वास्थ्य सेवा प्रभावकारी हुँदै गएपछि स्वास्थ्य उपचार गर्ने विरामीको चाप ह्वात्तै बढेको हो ।दैनिक १५० भन्दा बढी विरामीले स्वास्थ्य सेवा लिइरहेको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भाद्र २९ पर्वत । पर्वतको जिल्ला अस्पतालमा स्वास्थ्य चेकजाँच गर्ने सर्वसाधारणको यता भीड लाग्दै आएको छ । जिल्ला अस्पतालमा केही समय यतादेखि स्वास्थ्य सेवा प्रभावकारी हुँदै गएपछि स्वास्थ्य उपचार गर्ने विरामीको चाप ह्वात्तै बढेको हो ।दैनिक १५० भन्दा बढी विरामीले स्वास्थ्य सेवा लिइरहेको"/>
२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

स्वास्थ्य चेकजाँच गर्ने सर्वसाधारणको जिल्ला अस्पतालमा भीड

२०७३, २९ भाद्र बुधबार ०४:५०

भाद्र २९ पर्वत । पर्वतको जिल्ला अस्पतालमा स्वास्थ्य चेकजाँच गर्ने सर्वसाधारणको यता भीड लाग्दै आएको छ । जिल्ला अस्पतालमा केही समय यतादेखि स्वास्थ्य सेवा प्रभावकारी हुँदै गएपछि स्वास्थ्य उपचार गर्ने विरामीको चाप ह्वात्तै बढेको हो ।दैनिक १५० भन्दा बढी विरामीले स्वास्थ्य सेवा लिइरहेको जिल्ला अस्पतालले    जनाएको छ । जिल्ला अस्पतालको आम्दानी समेत वृद्धि भएको लेखा अधिकृतको भनाई छ । अस्पतालले साउनमा मात्र ६ लाख कमाई गरेको हो ।
अर्कोतिर कुश्मा बजार र आसपास क्षेत्रमा संचालनमा रहेका केही औषधि पसलहरुमा स्वास्थ्य चेकजाँच गर्ने विरामीको संख्या ह्वात्तै घटेको छ । औषधि पसलेहरुको कालोधन्दा सार्वजनिक भएपछि   सर्वसाधारण विरामीहरु जिल्ला अस्पतालतिर चेकजाँच गराउन मोडिएका हुन् । अझ सवैभन्दा बढी गाउँले सर्वसाधारणले अस्पतालबाट स्वास्थ्य लाभ लिएका छन्  ।


    औषधि पसलेकोमा चेकजाँच गर्ने विरामीहरु अस्पतालतिर जान थालेपछि अस्पतालमा स्वास्थ्य सेवा लिनेको संख्या बढेको हो । विशेषज्ञ डाक्टर सहितका ५ जना डाक्टरहरुलाई अस्पतालमा विरामीहरुको स्वास्थ्य चेकजाँच गर्न भ्याई नभ्याई छ । अस्पतालमा बहिरंग सेवा, इमर्जेन्सी सेवा र अन्तरंग सेवा उपलब्ध छ ।     अस्पतालको बहिरंग सेवामा मात्र २० रुपैयाँको टिकट लिएपछि विरामीले डाक्टरसँग स्वास्थ्य चेकजाँच गराउन सक्छन् भने ईमर्जेन्सी सेवाका लागि ४० रुपैया तिर्नुपर्ने हुन्छ । नीजि अस्पताल र क्लिनिकहरुमा ५०० रुपैया तिरेर डाक्टरसित स्वास्थ्य परीक्षण गराउन बाध्य भएका सर्वसाधारण विरामीहरुलाई जिल्ला अस्पतालको सस्तो सेवाले ठुलो राहत मिलेको छ ।
    यता केही मेडिकल पसलेहरुले पोखराबाट विशेषज्ञ डाक्टर आउने भन्दै प्रचारप्रसार गर्ने र सर्वसाधारण विरामीहरुबाट चर्को मूल्य उठाउने गर्दै आएका थिए । नीजि औषधि पसलेहरुकोमा चाहिने भन्दा बढी औषधि लिन बाध्य भएका सर्वसाधारण विरामीहरुले अस्पतालमा रहेको साझा औषधि पसलबाट सस्तो मूल्यमा आवश्यक मात्र औषधि लिने गरेका छन् ।   अस्पतालमा रहेको साझा औषधि पसलले थोरैमा पनि ५ प्रतिशत छुटमा औषधि विक्रीवितरण गर्ने गर्दछ । अस्पतालले ल्याव सेवा, भिडियो एक्सरे, एक्स रे, इसिजी सेवा लगायतलाई नीजि क्लिनिक भन्दा निकै नै सस्तोमा उपलव्ध गराउदै आएको छ । अस्पतालमा अन्य सेवाहरु टिवीका विरामीलाई डट्स सेवा, कुष्ठ रोगीको उपचार, एचआइभि एड्सका विरामीहरुलाई एआरटि सेवा समेत प्रदान गरिने डा.सरोज दाहालले बताएका  छन् ।


     जिल्ला अस्पतालले विभिन्न रोगहरुको अप्रेशन सेवा दिने गरेको छ । एक महिनाकै अवधिमा ९ वटा प्रसुतीको अप्रेशन सफल भएको छ । त्यसैगरी हाइडूोशीलका ७ र हर्नियाका २ विरामीको निःशुल्क उपचार गरिएको जिल्ला स्वास्थ्यका प्रमुख डा. फणिन्द्र बरालले जानकारी दिएका छन् । सामान्य अप्रेशनका लागि पनि अन्यत्र धाउनुपर्ने र बढी रकम उपचारमा खर्चिनुपर्ने बाध्यता अव सर्वसाधारणलाई नभएको डा.  बरालको दावी छ ।
    औषधि विक्री गर्न मात्र भनी खोलिएका मेडिकल पसलेले विना स्वीकृति विरामीहरुको चेकजाँच गर्ने साथै भिडियो एक्स रे, एक्स रे, ईसिजी लगायतका स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेका छन् ।
     स्वास्थ्य सेवाका नाममा पर्वत कुश्माका पर्वत मेडिकल हल, गणेश मेडिकल हल, बाग्लुङ मेडिकल हलले स्वास्थ्य विभागबाट स्वीकृति नै नलिई भिडियो एक्स रे, एक्स रे, ईसिजी गर्ने र कानून विपरित विरामीको स्वास्थ्य परीक्षण गरी सर्वसाधारणको स्वास्थ्यमाथि खेलवाड गरेका छन् ।  


    पसलेलेहरुले स्वास्थ्य सेवाको नाममा सर्वसाधारणको स्वास्थ्य माथि गंम्भीर खेलवाड  गरेको भन्ने समाचार बाहिर आएसँगै जिल्ला प्रशासनले कडाई गरेपछि नीजि औषधि पसलमा स्वास्थ्य चेकजाँच गर्ने विरामीको संख्या ह्वात्तै घटेको हो । पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले औषधि पसलेहरुले गरेको स्वास्थ्यमाथिको खेलवाडलाई गंम्भीरता पुर्वक लिएको र कडा कारवाही गर्ने बताएका छन् । प्रजिअ मरासिनीले पत्रिकामा आएको समाचारलाई सकारात्मक ढंगले लिएको भनाई राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा