असोज २५, सर्लाही | सत्तारुढ गठबन्धनको सहमतिविना माओवादी केन्द्रको स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता भएको छ । गठबन्धनको सहमतिअनुसार सो क्षेत्र कांग्रेसले पाएको थियो । जसअनुसार गठन्धनको साझा उम्मेदवारको रुपमा कांग्रेसका नागेन्द्रकुमार रायल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज २५, सर्लाही | सत्तारुढ गठबन्धनको सहमतिविना माओवादी केन्द्रको स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता भएको छ । गठबन्धनको सहमतिअनुसार सो क्षेत्र कांग्रेसले पाएको थियो । जसअनुसार गठन्धनको साझा उम्मेदवारको रुपमा कांग्रेसका नागेन्द्रकुमार रायल"/>
२०८३, ४ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सर्लाही-४ : गठबन्धनको सहमतिविना माओवादीको स्वतन्त्र उम्मेदवार, फिर्ता लिन दबाब

२०७९, २५ आश्विन मंगलवार ११:३२

असोज २५, सर्लाही | सत्तारुढ गठबन्धनको सहमतिविना माओवादी केन्द्रको स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता भएको छ । गठबन्धनको सहमतिअनुसार सो क्षेत्र कांग्रेसले पाएको थियो । जसअनुसार गठन्धनको साझा उम्मेदवारको रुपमा कांग्रेसका नागेन्द्रकुमार रायले प्रतिनिधिसभा सदस्य पदका लागि मनोनयन दर्ता गरे । 

तर, गठबन्धनको साझा उम्मेदवारले मनोनयन दर्ता गरे पनि माओवादीका शिवपुजन राय यादवले आफ्नी छोरी मधुमालालाई स्वतन्त्र उम्मेदवार बनाएका छन् । 
जसले गठबन्धन आवद्ध दलमा आशंका उत्पन्न गराएको छ । गठबन्धनको साझा उम्मेदवार रायलाई सघाउने गरी मधुमालाको उम्मेदवारी फिर्ता नभए माओवादीको उम्मेदवारलाई कांग्रेसका नेता कार्यकर्ताले भोट नदिने गरी मधेश प्रदेशमा तयारी थालिएको एक नेताले जानकारी दिए । 
सत्ता गठबन्धनका तर्फबाट सर्लाही–४ मा कांग्रेसका नागेन्द्रकुमार रायको उम्मेदवारी दर्ता भएको छ भने ४ ‘क’ मा कांग्रेसकै वीरेन्द्र सिंह र ४ ‘ख’ मा माओवादीका फकिरा महतोले प्रदेशसभा सदस्यका लागि मनोनयन दर्ता गरेका छन् ।
तर, गठबन्धनका साझा उम्मेदवारको ‘बागी’को रुपमा शिवपुजनले छोरीलाई स्वतन्त्र उम्मेदवार बनाएको सर्लाहीका कांग्रेस नेता कार्यकर्ताको बुझाइ छ । 
शिवपुजनकी श्रीमती मीना मधेसी महिला क्लस्टरबाट समानुपातिक उम्मेदवार छिन् । उनी कलस्टरको पहिलो नम्बरमा छिन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट