2026-11-01 10:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

१५ पदका लागि रुपन्देहीबाट २०२ उम्मेदवार

असोज २७, भैरहवा | आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि रुपन्देहीबाट २०२ जनाले उम्मेदवारी दिएका छन् । पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा पाँच प्रतिनिधिसभा र दश प्रदेश सभा गरी १५ पदका लागि २०२ जनाले उम्मेदवारी दिएका हुन् ।

विभिन्न दलका तर्फबाट र स्वतन्त्र गरी प्रतिनिधिसभाका लागि ८८ जना र ११४ जनाले प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । बुधबार रुपन्देहीस्थित पाँचवटै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको थियाे ।

Avatar

जिल्लाबाट कुल २१४ जनाले उम्मेदवारी दर्ता गराएकमा नाैजनाले उम्मेदवारी फिर्ता लिएको र तीनजनाको उम्मेदवारी खारेज भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले बताए । उम्मेदवारी खारेज हुनेमा  प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही-२ बाट सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका एकीकृत समाजवादीका राजु गुरुङ, हाम्रो नेपाल पार्टीबाट उम्मेद्वारी दिएका कमल भुसाल ‘निकोलस’ र स्वतन्त्र उम्मेदवार हिमाल बस्याल छन् । तीनजनाविरुद्ध निर्वाचन आयोगमा परेको उजुरीमाथि छानविन गरी उम्मेदवारी खारेज गरिएको हो ।

सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका गुरुङ एकीकृत समाजवादीका रुपन्देही अध्यक्ष हुन् । अदालतले बैंकिङ कसुरमा जरिवाना गरेकाले गुरुङ उम्मेदवार बन्न अयोग्य भएको ठहर गर्दै उम्मेदवारी खारेज भएको छ । भुसालले नेपाल सरकारले उपलब्ध गराएको छात्रवृत्ति कोटामा चिकित्साशास्त्र अध्ययन गरिरहेकाले सरकारबाट आर्थिक लाभ लिइरहेकाले र स्वतन्त्रबाट उम्मेदवार बस्यालको प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा १५ को खण्ड (ङ) वमोजिम उम्मेदवार हुन पाउने योग्यता नपुगेकाले उम्मेदवारी निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको हो ।  

नाैजनाले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन कार्यतालिकाअनुसार बुधबार दिउँसो ३ बजेसम्म उम्मेदवारका लागि मनोनयन फिर्ता लिने समय रहेको सो अवधिमा रुपन्देहीबाट चारजना प्रतिनिधिसभा सदस्यका उम्मेदवार र पाँचजना प्रदेश सभा सदस्यका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् । 

क्षेत्र नम्बर ३ बाट बाबुछोरासमेत मनोनयन दर्ता गरी चर्चामा आएका माओवादी केन्द्रका उम्मेदवारले फिर्ता लिएका छन् । गृहमन्त्रीका भान्जाले पनि उम्मेदवारी फिर्ता लिए । प्रतिनिधिसभा सदस्यमा गृहमन्त्रीका भान्जा शिव मल्ल र गठबन्धनबाट बागी उम्मेदवारको रूपमा रहेका माओवादी केन्द्रका इमदाद हुसैन खानले उम्मेदवारी फिर्ता लिएका हुन् । खानँ फैज अहमदका छोरा हुन् उनी माओवादी केन्द्रबाटै प्रदेश ३ को क बाट उम्मेदवारी दिए पनि छोेरासँगै फिर्ता लिएर गठबन्धनलाई सहयोग र समर्थन गर्ने जनाएका छन् । त्यस्तै निर्वाचन क्षेत्र नम्बर ३को प्रदेश सभा ख बाट स्वतन्त्र उम्मेदवारी दिएका धनबहादुर लामाले पनि उम्मेदवारी फिर्ता लिएका छन् । 

निर्वाचन क्षेत्र नम्बर १ को ख बाट उम्मेदवार बनेका दुईजना, निर्वाचन क्षेत्र नम्बर ५ को प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका दुईजना र क्षेत्र नम्बर ५ को क बाट एकजनाले उम्मेदवारी फिर्ता लिएका छन्। उम्मेदवारी फिर्ता लिएसँगै रुपन्देहीमा पाँच प्रतिनिधिसभा सदस्यका लागि ८८ जनामा प्रतिस्पर्धा हुने छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द