४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

विश्वकपको तयारीबीच १० हजार कर्मचारी भर्ना गर्दै कतार एयरवेज

२८ आश्विन २०७९, शुक्रबार १०:५३

असोज २८, दोहा (कतार) । कतार एयरवेजले आफ्नो कार्यबलमा १० हजार कर्मचारी थप्दैछ । कतारले फिफा विश्वकपको तयारी भइरहँदा भुटबलको महाकुम्भ हेर्न विश्वभरबाट हुने यात्राको माग धान्न अनि कोरोना भाइरसको महामारी मत्थर हुँदै गएसँगै सीमा आरपार यात्रा बढेको समयमा कम्पनीले आफ्नो कार्यबल १० हजारले बढाउन लागेको हो ।

कम्पनीको कर्मचारी भर्तीको योजनाले हाल झन्डै ४५ हजार रहेको कम्पनीको कर्मचारी संख्या बढेर ५५ हजार माथि पुग्ने आफ्नो नाम नखुलाउने शर्तमा कतार एयरवेजका प्रवक्ताले बताएको भन्दै अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले समाचार छापेको छ ।


कोभिड मत्थर भएको अनि विश्वकपको तयारी तीव्र दरमा अगाडि बढिरहेको समयमा कतार एयरवेज वृद्धिको पथमा रहेको र यसले कम्पनीको हरेक क्षेत्रमा कर्मचारीको भर्ती गरिरहेको यही हप्ता रोयटर्सलाई पठाइएको एक विज्ञप्तिमा कम्पनीले भनेको थियो । नयाँ भर्ना गरिने कर्मचारीमध्ये कतिको जागिर स्थायी हुने भन्नेबारे कम्पनीले कुनै प्रतिक्रिया दिएको छैन ।

कोरोना भाइरसको महामारी उत्कर्षमा रहँदा यात्रा गन्तव्य ३३ कटौती भएर ३३ ओटा शहरमा सीमित भएपछि कम्पनीले कर्मचारीको संख्या घटाएर ३७ हजारभन्दा मुनि ल्याएको थियो । तर, हवाई सेवा सञ्चालन पुनः सामान्य रूपमा फर्किन थालेपछि भने कम्पनीले विस्तारै कर्मचारी भर्ना बढाएको थियो ।

कर्मचारी भर्ती कार्यक्रमहरू फिलिपिन्स, भारत र अन्य देशहरूमा हुने बताइएको छ । नोभेम्बर २० मा कतारमा विश्वकप शुरु भएपछि नयाँ कर्मचारीमध्ये कतिलाई राखिने भन्ने पनि स्पष्ट भइसकेको छैन । विश्वकपको समयमा कतार एयरवेजले माग धान्नका लागि अन्यत्रको उडान रद्द वा कम गरेर दोहोर आइपुग्ने अतिरिक्त उडानको संख्या बढाएको छ ।

प्रतियोगिता हेर्न आउने दर्शकहरूबाट हुने तीव्र मागको व्यवस्थापन ठूलो चुनौती हुने यही वर्षको शुरुमा कतार एयरवेजका सीईओ अकबर अल बकेरले बताएका थिए । एक महिनासम्म प्रतियोगितामा कतारमा करीब १२ लाख आगन्तुक आउने अनुमान गरिएको छ । प्रतियोगिताले कतारको पूर्वाधार, आतिथ्य र सुरक्षा क्षेत्र सबैलाई दबाबमा राख्ने अनुमान गरिएको छ । एजेन्सी 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ