२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुर जिल्लालाई दश स्थानीय निकाय बनाउने सहमति

२९ भाद्र २०७३, बुधबार ०७:३६

भदौ २९, उदयपुर । राजनीतिक दलबीच विभिन्न बादविवादको बीच पनि अन्तिममा आएर उदयपुर जिल्लालाई १० स्थानीय निकायमा पुनःसंरचना गर्ने सहमति भएको छ । 

आइतबार तथा सोमबारसम्म पनि जिल्लाका राजनीतिक दल स्थानीय निकाय पुनःसंरचनाको सङ्ख्यामा आ–आफ्नै अडानमा रहेका थिए तर अन्तिममा आएर १० स्थानीय निकाय बनाउने सहमति भएको स्थानीय निकाय पुनःसंरचना समितिका प्राविधिक संयोजक तथा स्थानीय विकास अधिकारी पिताम्बर अधिकारीले बताउनुभयो । 

जिल्लालाई चारवटा नगरपालिका र छवटा गाउँपालिकामा पुनःसंचना गरेर दश स्थानीय निकाय बनाउनको लागि अन्तिम प्रदिवेदन लेखनको तयारी समेत भइरहेको स्थानीय विकास अधिकारीले बताउनुभएको छ । 

यसअघि स्थानीय निकायको पुनःसंरचना गर्ने विषयमा नेकपा ९माओवादी केन्द्र०ले ११ निकाय, नेकपा ९एमाले० ले नौवटा र नेपाली काँग्रेस पनि सातदेखि १० निकाय हुनपर्ने पक्षमा अडान राख्दै आएको थिए । 

यस्तै साना दलले सातदेखि १३ सम्म निकाय हुनपर्ने अडानमा थिए । अब भने तीनवटा नगरपालिका र ४० गाविस रहेको उदयपुर जिल्लालाई औपचारिक रुपमा दश स्थानीय निकायमा पुनःसंचना गर्न लागिएको पनि समितिका प्राविधिक संयोजक पिताम्बर अधिकारीले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दक्षिण अफ्रिका महिला टी–२० विश्वकपको फाइनलमा माओवादीका अध्यक्ष प्रचण्डले बोलाए विपक्षी दलको बैठक साफ महिला च्याम्पियनसिप: आज नेपाल र भुटान तथा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा इजरायलको आक्रमणबाट हमासका प्रमुख याह्या सिनवार मारिएको पुष्टि आजको मौसम: देशभर पश्चिमी वायुको प्रभाव रहने ७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि…