2026-09-18 11:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुर जिल्लालाई दश स्थानीय निकाय बनाउने सहमति

भदौ २९, उदयपुर । राजनीतिक दलबीच विभिन्न बादविवादको बीच पनि अन्तिममा आएर उदयपुर जिल्लालाई १० स्थानीय निकायमा पुनःसंरचना गर्ने सहमति भएको छ । 

आइतबार तथा सोमबारसम्म पनि जिल्लाका राजनीतिक दल स्थानीय निकाय पुनःसंरचनाको सङ्ख्यामा आ–आफ्नै अडानमा रहेका थिए तर अन्तिममा आएर १० स्थानीय निकाय बनाउने सहमति भएको स्थानीय निकाय पुनःसंरचना समितिका प्राविधिक संयोजक तथा स्थानीय विकास अधिकारी पिताम्बर अधिकारीले बताउनुभयो । 

जिल्लालाई चारवटा नगरपालिका र छवटा गाउँपालिकामा पुनःसंचना गरेर दश स्थानीय निकाय बनाउनको लागि अन्तिम प्रदिवेदन लेखनको तयारी समेत भइरहेको स्थानीय विकास अधिकारीले बताउनुभएको छ । 

यसअघि स्थानीय निकायको पुनःसंरचना गर्ने विषयमा नेकपा ९माओवादी केन्द्र०ले ११ निकाय, नेकपा ९एमाले० ले नौवटा र नेपाली काँग्रेस पनि सातदेखि १० निकाय हुनपर्ने पक्षमा अडान राख्दै आएको थिए । 

यस्तै साना दलले सातदेखि १३ सम्म निकाय हुनपर्ने अडानमा थिए । अब भने तीनवटा नगरपालिका र ४० गाविस रहेको उदयपुर जिल्लालाई औपचारिक रुपमा दश स्थानीय निकायमा पुनःसंचना गर्न लागिएको पनि समितिका प्राविधिक संयोजक पिताम्बर अधिकारीले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई