११ मंसिर २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

९९ बालबालिकाको मृत्युपछि इन्डोनेशियामा सबै खालका झोल औषधिमाथि प्रतिबन्ध

४ कार्तिक २०७९, शुक्रबार ०६:४१

कात्तिक ४, काठमाडौँ | झन्डै १०० बालबालिकाको मृत्यु भएपछि इन्डोनेशियामा सबै खालका सिरप तथा झोल औषधि बेच्न रोक लगाइएको छ।

द गाम्बियामा ७० बालबालिकाको मृत्यु भएको घटनामा खोकीको औषधिको सम्बन्ध रहेको पाइएको केही सातापछि इन्डोनेशियामा उक्त निर्णय लिइएको हो।

Indonesia bans all syrup medicines after death of 99 children – BBC News

केही सिरप औषधिमा मिर्गौलामा गम्भीर असर पार्ने अक्यूट किड्नी इन्जरी (एकेआई) गराउने पदार्थहरू फेला परेको र त्यसैका कारण ९९ बालबालिकाको ज्यान गएको इन्डोनेशियाको दाबी छ।

इन्डोनेशियामा प्रतिबन्धित औषधिहरू विदेशबाट आयात गरिएका हुन् वा स्थानीय उत्पादन हुन् भन्ने कुरा भने स्पष्ट पारिएको छैन।

बिहीवार इन्डोनेशियाका स्वास्थ्य अधिकारीहरूले बताएअनुसार त्यहाँ झन्डै २०० बालबालिकामा एकेआई देखिएको छ। तीमध्ये अधिकांश पाँच वर्षभन्दा कम उमेर समूहका छन्।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले यो महिनाको सुरुतिर द गाम्बियामा झन्डै ७० बालबालिकाको मृत्युको कारणसँग सम्बन्धित देखिएको भन्दै खोकीका चारवटा औषधिबारे विश्वव्यापी चेतावनी जारी गरेको थियो।

औषधि कि विष?

एउटा भारतीय औषधि कम्पनीले उत्पादन गरेका ती सिरपहरूमा डाईएथलीन ग्लाइकोल र एथलीन ग्लाइकोलजस्ता पदार्थ "अस्वीकार्य मात्रा"मा भएको डब्ल्यूएचओले जनाएको छ।

डब्ल्यूएचओका अनुसार ती सिरपहरूले "अक्यूट किड्नी इन्जरी" गराएको हुनसक्ने ठानिएको छ।

इन्डोनेशियाका स्वास्थ्यमन्त्रीले बिहीवार स्थानीय रूपमा प्रयोग हुने केही औषधिहरूमा पनि उस्तै रासायनिक पदार्थ भेटिएको बताएका छन्।

"एकेआई भएका पाँच वर्षभन्दा कम उमेरका बिरामीहरूमा प्रयोग गरिएको केही सिरपहरूमा एथलीन ग्लाइकोल र डाईएथलीन ग्लाइकोल समावेश भएको पुष्टि भएको थियो। ती सिरपमा त्यस्ता पदार्थ हुनु हुँदैनथ्यो, वा निकै कम मात्रामा हुनुपर्थ्यो," बुदी गुनादी सादिकिनले भने।

यद्यपि उनले कतिजना बिरामीमा विषाक्त औषधि प्रयोग भयो भन्ने कुरा खुलाएनन्।

द गाम्बियामा प्रयोग गरिएको खोकीको सिरप इन्डोनेशियामा बिक्री नभएको अधिकारीहरूले बताएका छन्।

एक महामारीविज्ञले मृत्यु हुने बालाबालिकाको वास्तविक सङ्ख्या अझ बढी हुन सक्ने जनाएका छन्।

"यस्ता घटनाहरू हुँदा सतहमा जे हुन्छ त्यो मात्र देखिन्छ। त्यसको मतलब त्यहाँ नदेखिएका पीडितहरू धेरै हुन सक्छन्," ग्रिफिथ विश्वविद्यालयका महामारी विज्ञ डिकी बुडिमानले बीबीसी इन्डोनेशियालाई भने।

इन्डोनेशियाली अधिकारीहरूले अहिलेसम्म बिरामी बच्चाहरूले प्रयोग गरेका सिरप औषधिहरूको ब्रान्ड वा प्रकारबारे कुनै जानकारी दिएका छैनन्। अस्थायी रूपमा सबै सिरप र झोल औषधि सिफारिस र बिक्री गर्न प्रतिबन्ध लगाइएको छ। बिबिसिबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोनाल्डोको दुई गोलमा अल नासरको सानदार जित विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै यु-१९ एसिया कप खेल्ने नेपाली टिमलाई आज बिदाइ गरिदै रवि लामिछानेलाई बयानका लागि आज काठमाडौं ल्याइँदै आज यी तीन प्रदेशमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रवि लामिछानेलाई भोलि बिहान काठमाडौँ ल्याइने चौधरी गुप्रको मुल गेटमा स्थानीयद्वारा तालाबन्दी अवैध मानव ओसारपसारमा एमाले प्रदेश सांसद अधिकारीलाई मुद्दाबाट उन्मुक्ति, ११ जना प्रतिवादी दृष्टिविहीन विश्वकप क्रिकेट : दुई खेल हारेको नेपालले तेस्रो खेलमा अफगानिस्तानलाई हरायो हालसम्म कति कमायो नीताको फिल्म ‘ह्रस्व दीर्घ’ ले? सेवा पूर्णरुपमा सञ्चालन हुन अझै २ साता लाग्छ : राहदानी विभाग प्रधानमन्त्री ओलीले चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता नगर्ने निगमका पाइलटहरू सल्लाह गरेरै ‘ड्युटी’ नआएपछि… बुवाको हत्या गरेर छोरा फरार प्रधानमन्त्रीको चीन भ्रमण : माधव नेपालले ओलीलाई दिए यस्तो सुझाव स्थानीय तहमा युवाहरु सक्रिय भए दलहरुलाई टाउको दुख्छ: युवराज खड्का युवा अभियन्ता सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता पत्र नबुझेपछि महानगरले हुलाक र इमेलमार्फत एमालेलाई पठायो १ लाख जरिवानाको चिट्ठी धरहरा परिसरमा एनपिएलको ट्रफी अनावरण (फाेटाेफिचर) उदयपुरमा घरभित्रै घुसेर कारले ठक्कर दिँदा ४५ वर्षीया कमलाको घटनास्थमै मृत्यु