2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गाईपूजाको धार्मिक, शास्त्रीय महत्त्व र विधिविधान : ग्रहणमा गाईपूजा गर्ने कि नगर्ने ?

कात्तिक ८, काठमाडौँ | यमपञ्चक वा महान पर्व तिहार अन्तर्गत आज गाईपूजाको दिन । आज खण्डग्रास सूर्य ग्रहण पनि लाग्दैछ । ग्रहणमा गाईपूजा गर्न हुन्छ कि हुँदैन भन्ने अन्योल पनि सर्वसाधारणमा छ । गाईपूजा गरेर मात्रै लक्ष्मीपूजा गर्नुपर्ने भन्ने पनि धेरैको भनाइ सुनिन्छ । वाल्मीकि विद्यापीठ, धर्मशास्त्र विभाग प्रमुख प्रा.डा. देवमणि भट्टराईका अनुसार, गाईपूजाका लागि प्रतिप्रदाले युद्ध भएको औंसी उपयुक्त हुने शास्त्रीय मान्यता छ । ‘आज बेलुका ४ बजेर ५२ मिनेटदेखि ३२ मिनेटसम्म ग्रहण लाग्दैछ । त्योभन्दा अघिको सूतकमा ग्रहणभन्दा अघि नै गाईपूजा लगायत अन्य कर्मकाण्ड गर्न सकिन्छ । यतिबेला भोजन गर्न भने निषेध छ ।’ उनि भन्छन् ।


कात्तिक कृष्ण औंशीका दिन लोकमा गाईलाई लक्ष्मीको प्रतीक र गौमाता मानेर आमाको रुपमा पूजा गरिन्छ । गाईका शरीरमा सबै देवदेवता निवास गर्ने शास्त्रीय कथनअनुसार गाईपूजा गर्दा गाईका शिरदेखि पाउसम्मका अंगहरूको पूजा गर्ने चलन छ । गाईलाई सिंगारेर माला लगाई तेल घसेर सम्मान गरी मीठो खानेकुरा दिइन्छ । पूजाआज सकिएपछि गाई चराउन निकाल्ने मार्गमा तोरण तारेर चरणमा लैजाने चलन छ । कसैकसैले यस दिन गाईलाई बालीमा हुलेर चराउने गर्छन् ।

रक्षाबन्धनका दिन हातमा बाँधेको डोरो यसदिन गाईको पुच्छरमा बाँधिदिनाले मृत्युपछिको कष्टमय सागर वा वैतरणी पार गर्न सजिलो हुने विश्वास छ । गाई अत्यन्तै गुणी र सुधो प्राणी हो । समाजमा सज्जन र ज्ञानीजनलाई गाईको उपमा दिइन्छ । गावो विश्वष्य मातर भनेर गाईलाई विश्वकी माता मान्ने वैदिक उद्घोष छ ।

गाइको लागि तस्बिर परिणाम

वन वनस्पति र खोलानालाको पानी खाएको । अन्न नून कम खुवाइएको गाईको नजिक बस्दा समेत शान्ति र आरोग्य मिल्छ । गाईको गहुँत र गोबरमा शुद्धिको अमृत हुन्छ ।

औषधेय गुण हुन्छ । दूधमा आरोग्य र कुशाग्र वुद्धि विकास गराउने रस हुन्छ भन्ने तथ्य प्रमाणित भएको छ । स्थानीय प्रजातिको प्राकृत लिमे पार्कोटे जस्ता गाईको गोबर, गहुँत, दूध, दही र घ्यू मिसाएर पञ्जगव्य प्रयोग गर्ने चलनले नेपाली समाजमा ठूलो सांस्कृतिक महत्व छ ।

धार्मिक एवं पौरणिक महत्व

हिन्दू धर्म दर्शन अनुसार गाईलाई माताको रुपमा पूजा यसकारण गरिन्छ कि गाईमा सवै देवता निवास गर्छन् । त्यस्तै प्रकृतिको कृपा पनि गाईको सेवा गर्नुमा नै मिल्छ । भगवान शिवका वहान नन्दी (साढे), भगवान इन्द्रसँग समस्त मनकामना पूर्ण गर्नेवाला गाई कामधेनू, भगवान श्री कृष्ण गोपाल हुनु एवं अन्य देवीको रुपमा गाईमा देख्नुले पनि गाई पूज्य बनाएको छ । भविष्य पुराणका अनुसार गाईको पीठमा ब्रह्मा निवास गर्छन्, गलामा भगवान विष्णु विराजमान हुन्छन् भने भगवान शिव मुखमा रहन्छन् ।

मध्यभागमा सबै देवीदेवताको बास हुन्छ । गाईको रौं रांैमा महर्षिहरूको निवास हुन्छ भने पुच्छरमा अनन्त नाग, खुरमा सवै पर्वत, गोमूत्रमा गगां लगायतका पत्रिव नदी रहने धार्मिक वर्णन रहेको पाइन्छ । गाईको आँखामा सूर्य र चन्द्रमा वास गर्छन् । सवै मिलाएर गाईलाई पृथ्वी, ब्राह्मण तथा देवताको प्रति

प्रचिन समयदेखि गोदानलाई सवैभन्दा ठूलो दान मानिएको छ र गाईको हत्यालाई सवैभन्दा ठूलो महापाप । त्यसै कारण वैदिन कालबाट हिन्दू धर्म मान्नेहरूले गाईको पूजा गर्दै आइरहेका छन् ।

आर्थिक महत्व

प्राचीन कालमा त व्यक्तिको समृद्धि सम्पन्नता गाई धन वा गाईको संख्याबाट आकलन गर्ने गरिएको थियो । जो सँग जति धेरै गाईको संख्या छ उ त्यति नै धनी हुने मानिथ्यो सवै कर्मकाण्ड, संस्कारमा गाईको दानको महत्व छ ।

परिवारको भरणपोषण गाईमा नै निर्भर थियो । खेतमा जोत्नका लागि साढे गाइबाट प्राप्त हुन्छ, दूध, दही, घ्यू, गौत, गोबार सवै नै उपयोगी मानिन्छ । तर पछिल्ला समय गाई पालनमा नै कमी आएको छ । ग्रामिण क्षेत्रमा मात्र केही संख्यामा गाई पालन भइरहेको छ । केहीले भने व्यवसायीक रुपमा गाई पालन गरिरहेका छन् ।

वैज्ञानिक महत्व

गाईको धार्मिक तथा आर्थिक दृष्टिले मात्र महत्व छैन । केही वैज्ञानिक तथ्य पनि छन् जसले गर्दा गाईको महत्व दर्शाउछ । दूध, दही, घ्यू त गाईले भन्दा भैसीले धेरै दिन्छ तर गुणका हिसावमा गाई भन्दा राम्रो केही छैन । गाईको दूध, गाईको दुधबाट बनेको उत्पादनको तुलना अरुसँग हुनै सक्दैन । गाईको दुध धेरै शक्तिशाली हुने विभिन्न अनुसन्धानहरूले देखाएका छन् ।

गाईले अक्सिजन लिन्छ र अक्सिजन नै छाड्छ । मानिसले अक्सिजन लिन्छ र कार्वनडाइअक्साइड फाल्छ । मानिसलाई स्वास फेर्नका लागि अक्सिजनको आवश्यकता पर्छ । गौतमा यस्तो एक तत्व हुन्छ जसले हृदयरोगका लागि लाभकारी हुन्छ ।

गौ पोटेसियम, सोडियम, नाइट्रोजन, फास्फेट, यूरिया, यूरिक एसिड तथा दुध दिने समयमा हुने गौतमा लेक्टोजको मात्रा धेरै हुन्छ । जसलाई चिकित्सीय दृष्टि से लाभकारी मान्छि ।

हिन्दू धर्म मान्ने मुख्यत नेपाल, भारत लगायतका देशमा छन् उनीहरूले गाईको विशेष पूजा गर्ने गरेका छन् । भारतखण्डमा २८ नश्लका गाई पान्छन् । रेड सिंधी, साहिवाल, गिर, देवनी, थारपारकर आदि दूध धेरै दिने गाईको जाती हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक