२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विवाहअघि अमिताभ बच्चनले राखेका थिए जया सामू यस्तो शर्त ‘मलाई यस्ती श्रीमती चाहिँदैन जो….’

१३ कार्तिक २०७९, आईतवार ०७:२९

एजेन्सी | बलिउडकी दिग्गज अभिनेत्री जया बच्चन आफ्नो बयानका कारण धेरैजसो चर्चामा रहन्छिन् । अब जयाले आफ्नो विवाह र अमिताभबारे एउटा खुलासा गरेकी छिन् । जयाका अनुसार अमिताभले उनीसँग विवाह गर्नुअघि एउटा शर्त राखेका थिए ।

जया बच्चनले अमिताभले उनीसँग विवाह गर्नुअघि आफूलाई ९–५ काम गर्ने श्रीमती नचाहेको स्पष्ट पारेको जानकारी दिइन् । आफ्नी नातिनी नव्या नवेली नन्दाको पोडकास्ट ‘ह्वाट द हेल नव्या’ मा जया बच्चनले उनका पिताले उनले विवाह गरोस् भन्ने नचाहेको पनि बताइन् ।


नव्याले जया बच्चनलाई अमिताभ बच्चनले कसरी विवाह प्रस्ताव राखेका थिए भनेर प्रश्न सोधेकी थिइन् यसमा जयाले भनिन्, ‘म कोलकातामा सुटिङ गरिरहेकी थिएँ, त्यतिबेला हामीले हाम्रो कुनै फिल्म हिट भए हामी बिदा मनाउन कतै जाने भनेर योजना बनाइरहेका थियौँ । त्यसपछि जंजिर हिट भएको थियो । म कोलकातामा सुटिङ गरिरहेकी थिएँ, त्यति नै बेला तिम्रो हजुरबुवाको फोन आयो र एउटा समस्या भएको बताए ।’

जया बच्चनले भनिन् कि अमिताभले उनलाई भने, ‘मेरा आमाबुवाले ‘तिमी जयासँग बिदा मनाउन जान सक्दैनौ’ भन्नुभयो । ‘यदि तिमी जयासँग बिदा मनाउन जान चाहन्छौ भने पहिला विवाह गर । उनले (अमिताभ) ले मलाई सोध्नुभयो – तिमी के सोच्छौ ? मैले भने, ‘हामी अक्टोबरमा विवाह गर्ने योजना बनाइरहेका छौँ, हामी जूनमा नै गरौँ न त, कुरा सिद्धिहाल्यो ।’

बिदा मनाउन जानका लागि जया बच्चन र अमिताभ बच्चनले विवाहको निश्चित मितिभन्दा अघि नै गरे ।

यो शर्तमा जया बच्चनसँग अमिताभले गरे विवाह

जया बच्चनले यो पनि बताइन् कि विवाह अघि अमिताभले उनको अगाडि एउटा शर्त राखेका थिए । जयाले भनिन्, ‘कामको चटारो कम हुने भएकोले हामीले अक्टोबरमा विवाह गर्ने योजना बनाएका थियौँ । ’ तर यसमा अमिताभले भने, ‘मलाई यस्ती श्रीमती चाहिँदैन जो ९–५ सम्म काम गरोस् । तपाईं काम त गर्नुहोस् तर हरेक दिन होइन । तपाईं आफ्नो प्रोजेक्ट, काम, सही मानिसहरुसँग मात्रै गर्नुहोस् । ’

अमिताभको यो शर्तलाई जयाले मानिन् र त्यसपछि यी दुईले विवाह गरे । अमिताभ र जया बच्चनले सन् १९७३ मा विवाह गरेका थिए । विवाहको एक वर्षपछि यी दुईको छोरी श्वेता बच्चनको जन्म भएको थियो । त्यसपछि सन् १९७६ मा अभिषेक बच्चनको जन्म भयो । जया र अमिताभको जोडी धेरैका लागि उदाहरण बनेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने