2026-06-27 03:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

अकाउन्ट भेरिफिकेशनका लागि मासिक २० डलर तिराउने योजनामा ट्वीटर

कात्तिक १४, काठमाडौँ | एजेन्सी | ४४ अर्ब डलरमा ट्वीटर खरिद गरेका विश्वका नम्बर १ धनाढ्य एलन मस्कले अब यस प्लेटफर्मबाट पैसा कमाउन नयाँ योजनाबारे सोचिरहेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार ट्वीटर प्रयोगकर्ताहरूबाट मासिक २० अमेरिकी डलर शुल्क लिने उनको तयारी छ ।

ट्वीटरको स्वामित्व आफ्नो हातमा आएलगत्तै मस्कले यस योजनामा काम गर्न निर्देशन दिइसकेका छन् । ‘द भर्ज’ मा प्रकाशित समाचार अनुसार ट्वीटरका भेरिफाइड युजरहरूबाट यस्तो शुल्क लिने प्रस्ताव उनले अघि सारेका हुन् । उनले आफ्ना इन्जिनियरहरूलाई यो प्रस्तावलाई कार्यान्वयनमा लैजान ८ नोभेम्बरसम्मको डेडलाइन दिएको समेत समाचारमा जनाइएको छ । यदि, डेडलाइनभित्र काम गर्न नसके उनीहरूलाई बर्खास्त गर्ने चेतावनीसमेत मस्कले दिएका छन् ।


समाचारअनुसार भेरिफिकेसनका लागि प्रस्तावित शुल्क भने तलमाथि हुन सक्नेछ । द भर्जमा समाचार प्रकाशित भएलगत्तै मस्कले ट्विट गरेर भनेका छन्, ‘भेरिफिकेसनका सम्पूर्ण प्रक्रियामा उथलपुथलको तयारी भइरहेको छ ।’

ट्वीटरसँग झण्डै ४ लाख भेरिफाइड प्रयोगकर्ता छन् । उनीहरूबाट मासिक २० डलर उठाउन सकेको खण्डमा ट्वीटरको आम्दानीमा उल्लेख्य बढोत्तरी हुन सक्ने छ । तर, यो योजना मस्कका लागि आत्मघाती पनि हुन सक्छ । कयौंले भेरिफिकेसनको टिकमार्क गुमाउन तयार रहेको तर शुल्क नतिर्ने बताइरहेका छन् ।

ट्वीटरले निश्चित प्रक्रिया र कागजात पूरा गरेपछि प्रयोगकर्तालाई भेरिफिकेसन प्रदान गर्छ । भेरिफिकेसनपश्चात अकाउन्टमा प्राप्त हुने टिकमार्कले उक्त प्रयोगकर्ताको आधिकारिक पेज रहेको पुष्टि हुन्छ ।

अहिले ट्वीटर ब्लुका लागि मासिक ४.९९ डलर तिर्नुपर्छ र यसले प्रयोगकर्तालाई ट्वीट सम्पादन गर्ने, नयाँ फिचरहरूमा छिटो पहुँच दिने, लगायतका सुविधा प्रदान गर्छ । तर, यसको अहिलेसम्म भेरिफिकेसनसँग कुनै सम्बन्ध छैन । भेरिफिकेसनको ब्लु टिक लिनका लागि चाहिँ तपाईंको अकाउन्ट आधिकारिक र सक्रिय हुनुपर्छ । अहिले भेरिफिकेसनको कुनै शुल्क लिइँदैन ।

अब मासिक २० डलर तिरेर ट्वीटर ब्लु सब्क्राइब गर्न सकिनेछ । तर, यो सब्सक्राइब गर्दैमा ट्वीटर भेरिफाइड हुन्छ कि हुँदैन भन्ने स्पष्ट छैन । भेरिफिकेसनका लागि ट्वीटर ब्लु सब्सक्राइब गरेको हुनैपर्ने वा नपर्ने भन्ने पनि निधो भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट