२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कारको ठक्करबाट छठ घाटतर्फ हिँडेका ३५ दिने शिशुसहित ३ जनाको मृत्यु, २ जना घाइते

२०७९, १४ कार्तिक सोमबार ०७:००

कात्तिक १४, रुपन्देही | छठ घाटमा हिँडेका तीर्थयात्रुलाई सोमवार बिहान रूपन्देहीको भैरहवामा कारले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । भैरहवा–परासी सडक खण्डमा कारले ठक्कर दिँदा एक शिशुसहित तीन जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ । 

रुपन्देहीका प्रमुख श्यामु अर्यालका अनुसार मृतकहरू ओमसतिया–४ पननीकी वर्ष १४ की सीमा कुर्मी, वर्ष २८ की प्रमिला कुर्मी र ३५ दिनको एक शिशु रहेका छन् । त्यस्तै शिशुकी आमा २४ वर्षीया बन्दना कुर्मी र सोही ठाउँ बस्ने २६ वर्षीया मन्जु कुर्मी घाइते भएका छन् । घाइतेहरूको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

ठक्करपछि फरार भएको कारलाई प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ । सडकमा भएका सीसीटीभी फुटेज हेरेर चालक र गाडीको खोजी भइरहेको अर्यालले जानकारी दिए । तीव्र गतिको कारले दुर्घटना गराएपछि स्थानीयले रोक्न खोज्दा भागेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा