2026-09-08 03:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

के हो विश्वकप हेर्न कतार जानेले लिनै पर्ने ‘हाया कार्ड’ ?

कात्तिक १६, काठमाडौँ | कतारले विश्वकप फूटबललाई व्यवस्थित र सुरक्षित बनाउने योजना अघि बढाएको छ। जसका लागि कतारले विश्वकप हेर्न कतार प्रवेश गर्नेका लागि हाया कार्डको व्यवस्था गरेको छ । 

हाया कार्ड विश्वकप अवधिभर कतार प्रवेश गर्न पाउने भिसा जस्तै हो । यो कार्ड वर्क परमिटका लागि भने लागू हुने छैन । विश्वकप हेर्न जाने खेलप्रेमी दर्शकले हाया कार्ड लिए जिसिसका ६ राज्यमा प्रतियोगिता अवधिभर प्रवेश पाइनेछ । 

अर्थात अब विश्वकप हेर्न जाने सोच र योजनामा रहेका तपाईँले कतार प्रवेशको भिसा र टिकट लिनु भएको छ भने तपाईँले सँगै हाया कार्ड पनि लिनु पर्नेछ । 

हाया कार्डका लागि अनलाइन आवेदन दिन सकिनेछ । डिजिटल हाया कार्ड बनाउन आफूले बस्ने सम्झौता गरेको होटलसँग कन्फरमेशन लिनुपर्नेछ ।

हाया कार्ड बोक्नेलाई कतार प्रवेश र विश्वकप फुटवल आयोजना भैरहेका रंगशालामा सहज प्रवेशको व्यवस्था मिलाइएको छ ।

हाया कार्ड लिन अनलाइनबाट आवेदन दिन चाहनेले  हायाडट कतार वा कतार२०२२ मा भिजिट गर्न सकिनेछ । साथै मोबाइलमा Haya to Qatar 2022 एप डाउनलोड गरेर एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ । यो एप आईओएस, एन्ड्रोइडमा उपलब्ध छ ।

हाया कार्ड कतार सरकारले कतार प्रवेश गर्ने विदेशी नागरिकलाई व्यवस्थित र सुरक्षित गर्न चलाएको प्रवेश प्रकृया रहेको जनाउँदै फिफाले यो प्रकृयामा फिफा उत्तरदायी नहुने उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित