2026-08-22 08:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

कोल्ड स्टोरमा ग्यास लिक हुँदा निसास्सिएर एक जनाको मृत्यु

कात्तिक १७, विराटनगर | विराटनगर महानगरपालिका-४ मा रहेको कोल्ड स्टोरमा ग्यास लिक हुँदा निसास्सिएर बिहीबार दिउँसो एक जनाको मृत्यु भएको छ। 

रामजानकी कोल्ड स्टोरमा मिस्त्रीको काम गर्दै आएका विराटनगर-५ का ५४ वर्षीय रौदी चौधरीको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार कोल्ड स्टोरभित्र ग्यास लिक हुँदा निसास्सिएर चौधरी बेहोस भएका थिए। 

अचेत अवस्थामा भेटिएका उनलाई स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरेर उपचारका लागि साढे १ बजेतिर विराट नर्सिङ होम एवं विराटनगर अस्पताल पुर्‍याएको थियो। उपचारका क्रममा २ बजेतिर चिकित्सकले मृत घोषित गरेको डीएसपी श्रेष्ठले बताए। 

स्थानीयका अनुसार चौधरी कोल्ड स्टोरभित्र काम गरिरहेका थिए। त्यही बेला एक्कासि ग्यास लिक भएको थियो। बाहिर निस्कन नपाउँदै उनी बेहोस भएर ढलेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो