१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

१२ कक्षा पास गर्नेलाई सके रोजगार नसके बेरोजगार भत्ता दिने घोषणा

२१ कार्तिक २०७९, सोमबार ०९:२१

कात्तिक २१, काठमाडौँ | लुम्बिनी प्रदेश सभा सदस्यका स्वतन्त्र उम्मेदवार केशव रावलले १२ कक्षा पास गर्ने प्रत्येकलाई सके रोजगार दिने नसके बेरोजगार भत्ता दिलाउने घोषणा गरेका छन् ।

रुकुम(पूर्व) प्रदेशसभा तर्फको निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका रावलले आइतबार ‘सपना तथा प्रतिबद्धता’ सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।

‘१२ कक्षा पास गरेका हरेक युवा युवतीलाई अनिवार्य रोजगारीको प्रबन्ध गरिनेछ । रोजगारी प्रबन्ध नहुदा सम्म राज्य द्वारा बेरोजगार भत्ताको उपलब्धता गराउन पहल गरिनेछ’ उनको घोषणा छ ।


व्यापार–व्यवसाय गर्न इच्छुकलाई परामर्श सेवा जिल्ला स्तरमा उपलब्ध गराउने र सुरुवाती पूजीँ अभाव हुन नदिन विना धितो स्वरोजगार ऋण प्रदान गर्ने व्यवस्था गर्न पनि उनको प्रतिबद्धता छ ।

बेरोजगारलाई सीपमुलक तालिम दिने, परम्परागत सीपलाई आधुनिकिकरण, व्यवसायिकरण र बजारीकरण गर्ने, सिल्पी समुदायको सीप क्षमतालाई स्तरकरणी गर्दै आरन, सुनचाँदी पसल, सिलाइ बुनाइ, हस्तकला, गार्मेन्टहरुको विकास गर्ने लगायतका प्रतिबद्धता रावलको छ ।

स्वास्थ्यतर्फ प्रत्येक वडामा न्युनतम आधारभुत सेवा सुबिधा उपलब्ध गराउने, स्वास्थ्य बीमा अनिवार्य गर्ने, हरेक नागरिकको वर्षमा एक पटक निशुल्क र अनिवार्य स्वास्थ्य परिक्षण गर्ने, सबै प्रकारका खोप निःशुल्क उपलब्ध गराइने रावलको प्रतिबद्धतापत्रमा उल्लेख छ ।

आधारभूत शिक्षालाई अनिवार्य गर्ने, किसानहरुलाई नगदेवालीमा प्रोत्साहन गर्ने, वास्तविक किसानलाई विशेष अनुदानको व्यवस्था गर्ने, किसानहरुले उत्पादन गरेका सवैखाले उत्पादित वस्तुहरु संकलन गर्न कम्पनी लिमिटेड बनाइ उचित मुल्यमा गाउमै खरिद गर्ने व्यवस्था गर्ने घोषणा छ ।

स्वच्छ खानेपानी सहितको ‘एक घर–एक धारा’ अनिवार्य व्यवस्था गर्ने लगायतका प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु