2026-11-02 12:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किसानले बिक्री गर्ने धानको मूल्य क्विन्टलमा २२६ रुपैयाँले बढ्यो

कात्तिक २३, काठमाडौँ | सरकारले यस वर्षका लागि किसानले बिक्री गर्ने धानको न्युनतम मूल्य निर्धारण गरेको छ । केही दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले गत वर्ष भन्दा क्विन्टलमा २२६ रुपैयाँसम्मले बढाएर धानको सर्मथन मूल्य तोकेको कृषि मन्त्रालयले जनाएको छ ।

आर्थिक वर्ष २०७९/८० का लागि मोटा धानप्रति क्विन्टल २ हजार ९६७ र र मध्यम धानको प्रतिक्विन्टल मूल्य ३ हजार १२८ रुपैयाँ तोकिएको मन्त्रालयका प्रवक्ता एवम् सहसचिव प्रकाशकुमार सञ्जेलले बताए ।

यो मूल्य गतवर्ष भन्दा मोटा धानमा प्रतिक्विन्टल २१५ रुपैयाँ र मध्यम धानमा २२६ रुपैयाँले बढी हो । आर्थिक वर्ष २०७८/७९ मा मोटा धानको सर्मथन प्रति क्विन्टल २ हजार ७५२ र मध्यम धानको मूल्य प्रति क्विन्टल २ हजार ९०२ रुपैयाँ थियो ।

सरकारले तोकेको न्यूनतम समर्थन मूल्यअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद गर्ने मन्त्रालयले जनाएको छ ।

न्यूनतम समर्थन मूल्यमा कृषि सहकारीमार्फत धान खरिद गर्न ३३ करोड बजेट व्यवस्था रहेको पनि मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कृषि सहकारीका लागि तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिदका लागि छिट्टै सूचना प्रकाशन गरिने छ ।

हाल स्वीकृत कार्यविधि अनुसार तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने कृषि सहकारीहरुलाई ११२ प्रति क्विन्टल व्यवस्थापन खर्च उपलब्ध गराउने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ ।

गत वर्ष यस कार्यक्रम अनुसार करिब ९ हजार मेट्रिकटन धान खरिद भएको थियो । यस आर्थिक वर्षमा ३ लाख मेट्रिकटन धान खरिद गर्ने सरकारी योजना छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द