2026-11-02 12:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

सङ्घीयता र लोकतन्त्रको मजबुती नै आवधिक निर्वाचन : मुख्यमन्त्री पोखरेल

कात्तिक २६, कास्की | गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मङ्सिरमा हुने निर्वाचन सफल बनाउन तिनै तहको सरकार एक भएर लाग्नुपर्ने बताउनुभयो ।

पोखरामा शुक्रबार आयोजित प्रदेशस्तरीय सुरक्षा बैठकमा उहाँले निर्वाचन भयरहित, स्वतन्त्र बनाउनका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकार एक भएर लाग्नुपर्ने बताउनुभएको हो । “आयोगलाई सरकारले पैसा छुट्याएको छ । त्यो भएन भने प्रदेश सरकारले हेरेर बस्ने कुरा पनि भएन”, उहाँले भन्नभयो, “हाम्रो लक्ष्य यो अभियानलाई सफल बनाउने हो ।”

सङ्घीयता र लोकतन्त्रको मजबुती नै आवधिक निर्वाचनमा आधारित भएकाले यसलाई सफल बनाउन सबै क्षेत्र लाग्नुपर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “निर्वाचन एउटा प्रक्रिया मात्रै होइन ।  निर्वाचन यसो उसो गरेर भोट हालेर पठाउने मात्रै पनि होइन, भयरहित, शान्तिपूर्ण निर्वाचन भनेको जनताको मौलिक अधिकार पनि हो र जनताको आशा पनि हो ।”

यो पाँच वर्षको अवधिमा भएका काम र व्यवस्थाको निरन्तरता यो पटकको निर्वाचनले कायम गर्नुपर्ने उहाँले बताउनुभयो । पाँच वर्षको सङ्घीयताको कार्यान्वयनको सन्दर्भमा प्रत्येक क्षेत्र नयाँ प्रयोग भएको उहाँले बताउनुभयो । अधिकार क्षेत्रका विषयमा केन्द्रसँग विमती रहेको पनि उहाँले सुनाउनुभयो । विविध समस्या रहँदारहँदै पनि निर्वाचन सफल बनाउन पछि नहट्ने उहाँको भनाइ थियो ।

भौगोलिक विकटता चुनौती 

आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न गर्न गण्डकी प्रदेशमा भौगोलिक विकटता चुनौती हुने देखिएको छ । 

मनाङ, मुस्ताङ र उत्तरी गोरखामा अहिले हिउँ पर्न थालिसकेको छ । प्रदेश सुरक्षा समन्वय समितिका अुनसार हिउँ पर्ने स्थानमा चुनौती देखिएको हो । समितिका अनुसार गोरखाका २२, मनाङका पाँच र म्याग्दीका तीन वटा गरी ३० मतदानस्थलका मतपेटिका हेलिकप्टरबाट ढुवानी गर्नुपर्ने बाध्यता छ । यी क्षेत्रमा मतदातालाई मतदानका लागि समस्या हुने आँकलन समितिको छ । समितिका सदस्य सचिव बद्रीनाथ अधिकारीले गण्डकीको सुरक्षा अवस्थाबारे जानकारी गराउँदै करिब १८ हजार सुरक्षाकर्मी खटाइने बताउनुभयो । 

पोखरामा भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा राजनीतिक दल र उम्मेदवारबीच अस्वस्थ प्रतिस्पर्धा पनि चुनौती हुने विषयमा छलफल भएको थियो । निर्वाचनमा परिचालित कर्मचारीको सुरक्षा, कर्मचारीको व्यवस्थापकीय त्रुटी, भौगोलिक विकटता र मौसमका कारण मतपेटिका ढुवानीमा हुन सक्ने कठिनाइ पनि निर्वाचन सुरक्षाका चुनौती हुन् । 

गण्डकी प्रदेशमा प्रतिनिधिसभातर्फ एक सय ९६ र प्रदेशसभातर्फ दुई सय ३५ उम्मेदवार छन् । प्रतिनिधिसभातर्फ २२ महिला र प्रदेशसभातर्फ २९ महिला उम्मेदवार छन् । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले इजाजत लिएका हातहतियार अझै नबुझाएका कारण चुनौती बढेको बताउनुभयो । “इजाजत लिएका हतियार एक हजार आठ सय हाराहारी मात्रै बुझाएका छन् । बाँकी हतियार आएको छैन”, उहाँले भन्नुभयो, “ अवाञ्छित गतिविधि होला भनेर १५ दिन अगाडिदेखि नै रक्सी बिक्री वितरणमा रोक लगाएका छौँ । ७२ घण्टा अगाडि बोर्डर सिल गरिन्छ ।” 

गण्डकीको गोरखामा रुइला भन्ज्याङ, नवलपुरको छोटी भन्सार तथा मुस्ताङको कोरला नाका सिल हुनेछ । यद्यपि उत्तरका नाका कोरोना कालदेखि नै बन्द अवस्थामा छन् । छोटी भन्सार  खासै चहलपहल छैन । गण्डकीमा निर्वाचनका लागि पाँच हजार सात सय ९९ प्रहरी खटिनेछन् । ११ हजार पाँच सय ८० म्यादी प्रहरी, पाँच सय १६ मोबाइल प्रहरी र छ सय ८८ म्यादी प्रहरी तैनाथी हुनेछन् । दुई सय २८ प्रहरी र एक सय २१ म्यादी प्रहरी रिजर्भमा राखिएका छन् । कारागारका मतदानस्थलमा ३० प्रहरी र ५० म्यादी खटाइने प्रदेश सुरक्षा समन्वय समितिका सदस्य सचिव बद्रीनाथ अधिकारीले जानकारी दिनुभयो ।

कर्मचारी मतदानस्थलमा १५ प्रहरी र २५ म्यादी, निर्वाचन सेलमा ८४ प्रहरीसहित छ हजार छ सय ८६ प्रहरी र १२ हजार चार सय ६४ म्यादी प्रहरी खटाइने उहाँले जानकारी दिनुभयो । गृहसचिव विनोदप्रकाश सिंहले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन कसैसँग पनि सम्झौता नगर्न निर्देशन दिनुभयो । गोष्ठीमा १० जिल्लामा प्रजिअ र सुरक्षा प्रमुख सहभागी हुनुभएको थियो । मनाङको टिमले भर्चुअल रुपमा सहभागिता जनाएको थियो । निर्वाचनमा अपनाउनुपर्ने सुरक्षा रणनीति, सबल पक्ष र चुनौतीका बारेमा छलफल गरी निक्र्योल निकाल्न गोष्ठी आयोजना गरिएको हो । उक्त अवसरमा ११ वटै जिल्लाका प्रजिअले जिल्लागत रुपमा प्रस्तुति राख्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द