2026-10-25 12:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

चमेराको मासु खाएर भिडियो सार्वजनिक गर्ने महिला पक्राउ

कात्तिक २८, काठमाडौं | थाइल्यान्डमा एक महिलाले एउटा कचौरामा सोरबा, टमाटर र चमेरोको मासु खाइरहेको भिडियो सार्वजनिक गरेपछि पक्राउ परेकी छन् । सोमबार, फोनचानोक श्रीसुनाक्लुआले उनको युट्युब च्यानलमा “जिन जाप बेन नुआ नुआ (मसालेदार र स्वादिष्ट खानुहोस्)“ शीर्षकमा पेट मन्थन गर्ने भिडियो पोस्ट गरिन ।

भिडियो क्लिपमा उनी कालो रंगको सुपको अगाडि बसेकी थिइन् जसमा धेरै मरेका चमेराहरू थिए। उनले मरेका जनावरहरू मध्ये एउटा उठाइन् र मासुलाई निम जाम नामक चटनीमा डुबाउनुअघि टुक्रा पारिन ।

समाचार विवरणअनुसार उनले भिडियोमा आफूले पहिलो पटक चमेरा खाएको बताएकी छिन् । उत्तरी थाइल्यान्डको लाओस सीमानजिकको एउटा बजारबाट उनले उक्त चेमेरा  किनेकी थिइन् । उनले आफ्नो खानेकुरालाई स्वादिलो भन्दै स्वादलाई काँचो मासुसँग तुलना गरेकी थिइन् । सार्क–कोभ–२(जसबाट कोभिड महामारी फैलियो)  सङ्क्रमित चमेरा उनले मासु किनेको ठाउँमा फेला परेको थियो ।

उनको भिडियोप्रति इन्टरनेटका प्रयोगकर्ताले विभिन्न प्रतिक्रिया जनाएका छन् । कसैले उक्त भिडियोलाई डरलाग्दो भनेका छन् भने केहीले स्वास्थ्यबारे चासो देखाएका छन् । एक प्रयोगकर्ताले नयाँ कोरोनाभाइरसको कथित उत्पत्तिलाई औँल्याएका थिए । ‘यदि तपाई मर्दै हुनुहुन्छ भने एक्लै मर्नुहोस् । कसैले पनि तपाइलाई दोष दिनेछैन । तर, महामारी सुरु भयो भने तपाइ अभिसप्त हुनुहुनेछ’, प्रयोगकर्ताले लेखेका छन् ।

सर्वसाधारणको आक्रोशपछि उनको युट्युब च्यानलबाट भिडियो हटाइएको छ । उनी दोषी ठहर भएमा उनलाई ५ वर्ष कैद र ५ लाख भाट जरिवान हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने