२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रोल्पाको सुरक्षा व्यवस्था चुस्त, ३१ मतदानस्थललाई अतिसंवेदनशील

२०७९, २९ कार्तिक मंगलवार ०४:१४

कात्तिक २९, रोल्पा । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई  स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न यहाँको सुरक्षा व्यवस्थापनलाई चुस्त बनाइएको छ । 

यहाँ ८६ मतदानस्थलमा  एक सय ७७ मतदान केन्दको व्यवस्था गरिएको छ । मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा बाँडेर सुरक्षा व्यवस्था मिलाइएको छ । 

छयासीमध्ये ३१ मतदानस्थललाई अतिसंवेदनशील मतदानस्थलका रूपमा राखिएको छ । जिल्लाका अतिसंवेदनशील मतदानस्थलमा थवाङमा तीन, त्रिवेणीमा एक, रुन्टीगढीमा छ, परिवर्तनमा दुई, गङ्गादेवमा छ, माडीमा एक, सुनछहरीमा पाँच र लुङ्ग्री गाउँपालिकामा पाँच  सहित रोल्पा नगरपालिकामा दुई छन् । 

गत स्थानीय तह निर्वाचनमा ८१ मतदानस्थल रहेको जिल्लामा जनसङ्ख्या, भौगोलिक अवस्था, यातायात र सुरक्षा अवस्था हेरेर गत भदौमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले पाँच मतदान केन्द्र थप्ने गरी सिफारिस गरेको थियो । 

अस्थायी मतदान केन्द्रका रूपमा सदरमुकाम लिवाङको कारागार कार्यालय र जिल्ला समन्वय समिति प्राङ्गणमा अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ । ती केन्द्रमा कैदी, सेना प्रहरी तथा वृद्धाश्रमका रहेका व्यक्तिले समानुपातिक निर्वाचनमा  मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय रोल्पाका निर्वाचन अधिकारी पदमबहादुर डाँगीले जानकारी दिनुभयो । 

प्रदेशसभा (१) मा ६८ हजार एक सय ६४ र प्रदेशसभा (२) मा ७७ हजार तीन सय सातसहित जिल्लामा एक लाख ४५ हजार चार सय ७१ मतदाता रहेका छन् ।  

प्रतिनिधिसभामा पाँच दलले उम्मेदवारी दर्ता गराएका छन् । यसरी उम्मेदवारी दर्ता गर्ने दलमा लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन, नेकपा( एमाले)बाट पूर्ण बुढामगर, नेपाल मजदुर किसान पार्टीबाट नातीभाइ ह्योम्बा ,राप्रपा नेपालका रामबहादुर वली क्षेत्री र राप्रपाबाट लीला रावत प्रतिस्पर्धामा उत्रिएका छन् ।

प्रदेशसभा–१ मा माओवादी केन्द्रका जोखबहादुर महरा, एमालेका कमल बुढाथोकी, राप्रपा नेपालका गङ्जबहादुर शाही र राप्रपाका पदमबहादुर थापाले प्रतिस्पर्धा गर्दैछन् । प्रदेशसभा–२ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका अमरसिंह पुन, राप्रपाका केशरबहादुर पुन, स्वतन्त्रबाट दीपेन्द्रकुमार पुनमगर, एमालेका प्रेमबहादुर घर्तीमगर र राप्रपाका सेते दमाईबीच प्रतिस्पर्धा हुने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु