2026-09-08 02:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

अमेरिकाले तोक्यो एयर इन्डियालाई १४ लाख डलर जरिवाना

कात्तिक २९ काठमाडौँ | अमेरिकाले कोभिड–१९ महामारीको समयमा उडान रद्द वा परिवर्तनबाट प्रभावित अमेरिकी यात्रुहरूलाई टिकटको पैसा फिर्ता गर्न ढिलाइ गरेकोमा एयर इन्डियालाई १४ लाख डलरको जरिवाना लगाएको छ ।

अमेरिकी यातायात विभागले सोमबार दिएको जानकारी अनुसार टाटाको स्वामित्वमा रहेको एयर इन्डियाको ६ वटा एयरलाइन्समा समावेश छ जसले यात्रीलाई रिफन्डको रुपमा कुल ६० करोड डलर फिर्ता गर्न निर्देशन दिएको छ ।

एयर इन्डियालाई पनि १२.१५ करोड डलर फिर्ता गर्न भनिएको छ ।

अधिकारीहरूका अनुसार एयर इन्डियाका यात्रुहरूको ‘अनुरोधमा फिर्ता’ को प्रावधान अमेरिकी यातायात विभागको नीतिहरू भन्दा फरक छ ।

अमेरिकी सरकारका नियम अनुसार, एयरलाइन्सहरूले उडान रद्द वा परिवर्तनको मामलामा यात्रुहरूको टिकटको पैसा कानुनी रूपमा फिर्ता गर्न आवश्यक छ ।

विभागीय छानबिनमा एयर इन्डियाले आधाभन्दा बढी रकम फिर्ता आवेदनहरू प्रशोधन गर्न १०० दिनभन्दा बढी समय लिएको पाइयो ।

रिफन्डमा ढिलाईको यो मामिला टाटा समूहको एयर इन्डियाको अधिग्रहण गर्नु अघिको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित