2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पृथ्वीको जनसंख्या ८ अर्ब पुग्यो, कस्तो असर पर्ला ?

कात्तिक २९, काठमाडौँ | पृथ्वीको जनसंख्या ८ अर्ब पुगेको छ । मानिस जनसंख्या वृद्धि गराउन माहिर छन् । सय करोडबाट २०० करोड पुग्न १२५ वर्ष लाग्यो तर ७०० बाट ८०० करोड पुग्न १२ वर्ष मात्रै लागेको छ । १५ नोभेम्बर २०२२ मा धर्तीमा मानिसको जनसंख्या ८ करोड पार हुने यसअघि नै प्रक्षेपण गरिएको थियो । संयुक्त राष्ट्रले यो वृद्धिका लागि विज्ञान, प्रविधि, नयाँ परिवर्तन, लामो उमेर र स्वस्थ जीवनलाई जिम्मेवार बताएको छ ।


मानिसको जनसंख्या वृद्धिको दर केही दशकमा खस्किरहेको छ । तर यति हुँदा हुँदै पनि सन् २०३७ सम्म हाम्रो जनसंख्या ९०० करोड र २०५८ सम्म १,००० करोड पुग्नेछ । यस्तो अनुमान UN DESA को वर्ल्ड पपुलेसन प्रसपेक्ट्स २०२२ को रिपोर्टमा लगाइएको छ । संयुक्त राष्ट्रको पपुलेसन फन्डकी प्रमुख नटालिया कानेमले यो  मानवीय इतिहासको कोसेढुङ्गा साबित हुने बताएकी छिन् किनभने अहिले आमा र बच्चाको मृत्यु कम हुने गर्छ ।

नटालिया भन्छिन्, ‘मलाई मानिसको बढ्दो जनसंख्यासँग कुनै डर छैन । डर यो कुराको छ कि यसले स्रोत साधनको खपत तीब्र रुपमा बढ्नेछ । यो कुराको चिन्ता सबै देशले गर्नुपर्छ । विशेषगरी ती देशले जहाँ प्रजनन दर बढि छ । धेरै मानिसहरु यस्ता कुरामा मतलब नै गर्दैनन् । रकफेलर युनिभर्सिटीको लेबोरेटरी अफ पपुलेसनका जोएल कोहेनले ‘के म धर्तीमा अतिरिक्त छु ?’ भनेर प्रश्न गरेका छन् । उृनले लेखेका छन्, ‘धर्तीले हामी मानिसको बोझ कसरी सहन्छ  । यसका दुई पक्ष छन् – पहिलो, प्राकृतिक सीमा र दोस्रो, मानिससँग भएका विकल्प ।’

जति धेरै प्राकृतिक स्रोध साधनको खपत हुन्छ, मुश्किल त्यति नै बढ्नेछ

जोएल थप्छन्, ‘हाम्रो विकल्पले यो निश्चित गर्नेछ कि मानिसले कति धेरै जैविक स्रोतको प्रयोग गर्छन् । जस्तै जमिन, जल र जंगल । यदि पृथ्वीले यी चिजलाई लगातार हरेक वर्ष तीब्र गतिमा पैदा गर्छ भने मानिसले यसको प्रयोग वा खपत गर्न सक्छन् । तर खपत बढी भयो र पृथ्वीले सही समयमा पैदा वा संरक्षित गर्न सक्दैन भने मुश्किल बढ्नेछ । जमिनका लागि जंगल फँडानी हुनेछ । फँडानी हुँदा जलमा कमी आउनेछ । नतिजा प्राकृतिक प्रकोप ।’

मानिसको बानी नै हो – लोभ र मुर्खतापूर्ण काम गर्नु

जोएल भन्छन्, ‘मुर्खतापूर्ण काम गर्नु र लोभ गर्नु मानिसको बानी नै हो । थप इन्धनका लागि जीवाश्म इन्धनको दुरुपयोग हुनेछ । फलस्वरुप कार्बन डाइअक्साइडको उत्सर्जन बढी हुनेछ । यसका कारण धर्तीमा ग्लोबल वार्मिङ बढ्नेछ । हिमनदी पग्लिनेछन् । समुद्रको जलस्तर बढ्नेछ । जमिन समुद्रमा समाहित हुनेछ । मौसम बदलिनेछ । अत्यधिक गर्मी हुनेछ । बेमौसमी वर्षा हुनेछ । चिसो छोटो वा लामो हुनसक्छन् ।’

बढ्दो जनसंख्याको हिसाबले मानिसलाई चाहिन्छ १.७५ धर्ती

डब्ल्यूडब्ल्यूएफ र ग्लोबल फुटप्रिन्ट नेटवर्ककका अनुसार जुन गतिमा मानिसको जनसंख्या बढिरहेको छ, त्यो हिसाबले हामीलाई धर्ती कम हुनेछ । मानिसको आवश्यकता पूरा गर्नका लागि १.७५ धर्ती थप चाहिन्छ । अर्थात्, अहिले जति छ त्यसमा ७५ प्रतिशत थप चाहिन्छ । अब यस्तो त हुन सक्दैन । हालै सार्वजनिक भएको संयुक्त राष्ट्रको जलवायु सम्बन्धि रिपोर्ट अनुसार ग्रीनहाउस ग्यास बढी उत्सर्जन हुनुको मुख्य कारण नै बढ्दो जनसंख्या हो । जबकी बढ्दो जनसंख्या आर्थिक विकासमा पनि मद्दत गरिरहेको छ । जोएल कोहेनका अनुसार हामी मानिसलाई भविष्य हेर्न आउँदैन ।

सबैभन्दा बढी जनसंख्या यी आठ देशमा बढ्नेछ, जसलाई नियन्त्रण गर्न सकिने छैन

संयुक्त राष्ट्रको रिपोर्ट अनुसार सन् २०५० सम्म विश्वका जुन आठ देशमा सबैभन्दा तीब्र गतिमा जनसंख्या बढ्नेछ, ती हुन् – कंगो, इजिप्ट, इथियोपिया, भारत, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स र तान्जानिया । सन् २०५० सम्म जति पनि जनसंख्या बढिरहेको छ, त्यसमध्ये आधाभन्दा बढी योगदान अफ्रिकाको सब–सहारन देशको रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक