२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

पेन्सनको रकम सामाजिक काममा

२०७३, ३० भाद्र बिहीबार ०७:२२

भदौ ३०, म्याग्दी  । म्याग्दीका एक पूर्व बेलायती गोर्खा सैनिकले आफूले पेन्सनबापत प्राप्त गर्ने रकम सामाजिक क्रियाकलापमा लगाएका छन् । 

हिस्तान–३ टिकोटका चन्द्रबहादुर पुनले बेलायत सरकारले पेन्सनबापत दिने ६० प्रतिशत रकम जन्मगाउँको शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणमा उपलब्ध गराउने गर्नुभएको हो । हाल पोखरा–३ नदीपुर निवासी गोर्खा सैनिकको सेवा निवृत्त मेजर पुनले वार्षिक रु १५ लाख पेन्सन पाउनुहुन्छ । 

गाउँको शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका लागि चन्द्रबहादुरले विभिन्न समयमा करिब रु ५० लाख सहयोग गर्नुभएको स्थानीय टिकोट माविका प्रधानाध्याकपक प्रदीप पुनले जानकारी दिनुभयो । टिकोट माविमा हालै नयाँ भवन निर्माण गर्न रु १८ लाख नगद उपलब्ध गराउनुभएका पुनले विसं २०५३ मा माध्यमिक तहको कक्षा सञ्चालन गर्नका लागि रु दुई लाख सहयोग गर्नुभएको थियो । 

महभिर टिकोट सडक निर्माणका लागि रु तीन लाख र टिकोटमा बास्केटबलको पक्की खेलमैदान निर्माण गर्न रु ५५ हजार नगद सहयोग गर्नुभएका पुनले करिब एक महिना श्रमदान गर्नुभएको थियो । पुनको सक्रियतामा टिकोटमा नैनसिङ सामुदायिक स्वास्थ्य क्लिनिक सञ्चालन भएको छ । 

बुबा नैनसिङको नाममा क्लिनिक सञ्चालन गर्न पुनका दाजुभाइ र परिवारले रु २१ लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । कोषको रकमबाट क्लिनिकका दुईजना कर्मचारीको तलब र औषधि खरिद गरिँदै आएको छ । 

क्लिनिकमा सूचना प्रविधिका अभियन्ता महावीर पुनको पहलमा टेलिमेडिसिन उपकरण जडान भएको छ । इन्टरनेट र वेभ क्यामेराको सहायताले काठमाडौँको मोडल अस्पतालका चिकित्सकले टिकोटका बिरामीको उपचार गर्दै आएका छन् । 

स्वास्थ्य संस्था टाढा हुँदा सहज रुपमा स्वास्थ्य उपचार सेवा पाउन नसकेका टिकोट र घराम्दीका बासिन्दालाई क्लिनिकबाट सुविधा पुगेको छ । वार्षिक रु १५ लाख पेन्सन पाउने चन्द्रबहादुर आफ्नो जन्मगाउँ टिकोटका साथै पोखराका सामाजिक सङ्घसंस्थालाई सामाजिक कामका लागि रु ७२ लाख सहयोग गरिसक्नुभएको छ । 

कुनै पनि सङ्घ सङ्गठनको पदमा नबसेका पुनले सामाजिक काममा सहयोग गर्ने आफ्नो इच्छा भएको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध