२०८३, २१ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

‘आक्रामक’ प्रतिक्रियाको चेतावनीपछि उत्तर कोरियाद्वारा छोटो दूरीको क्षेप्यास्त्र प्रहार

२०७९, १ मंसिर बिहीबार ०८:३९

मङ्सिर १, काठमाडौँ । उत्तर कोरियाले बिहीबार छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सैनिक स्रोतले जनाएको छ ।

वासिङ्टनले क्षेत्रीय सुरक्षा सहयोग लाई बढावा दिन र आणविक शक्ति सम्पन्न उत्तर कोरियाको बढ्दो उक्साहटको जवाफमा संयुक्त सैन्य अभ्यासलाई बढावा दिन खोजिरहेको छ । उत्तर कोरियाले यस्ता सबै कदमहरूलाई अमेरिकी आक्रामकताको प्रमाणको रूपमा हेर्छ ।


अमेरिकी राष्ट्रपति जो बाइडेनले यसै साताको सुरुमा चिनियाँ समकक्षी सी जिनपिङसँग उत्तर कोरियाले हालै गरेको क्षेप्यास्त्र परीक्षणबारे छलफल गर्नुका साथै टोकियो र सियोलका नेताहरूसँग पनि कुराकानी गर्नुभएको थियो । 

उत्तर कोरियाका विदेशमन्त्री चोइ सोन हुईले बिहीबार सरकारी समाचार संस्था केसीएनएमार्फ सार्वजनिक विज्ञप्तिमा वासिङ्टनले आफ्नो ‘विस्तारित प्रतिरोध’ बढाउने र क्षेत्रीय सुरक्षा सहयोगीहरूसँग संयुक्त अभ्यास गर्ने कदम ‘मूर्खतापूर्ण कार्य’ भएको बताएका छन्।

चोइले उत्तर कोरियालाई आफ्नो आधिकारिक नाम डेमोक्रेटिक पिपुल्स रिपब्लिक अफ कोरिया भएको बताउँदै भन्नुभयो, “वासिङ्टनले टोकियो र सियोलसँग जति धेरै सुरक्षा सहयोग बढाउँछ, त्यति नै उत्तर कोरियाको सैन्य प्रतिकार तीव्र हुनेछ ।”

दक्षिण कोरियाका ‘ज्वाइन्ट चिफ अफ स्टाफ’ले भन्नुभयो, “सेनाले स्थानीय समयअनुसार बिहान १०ः४८ बजे काङवोन प्रान्तको वोनसान क्षेत्रबाट छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको पत्ता लगाएको छ ।”

उक्त क्षेप्यास्त्र ४७ किलोमिटरको उचाईमा करिब २४० किलोमिटर (१५० माइल) उडेको र म्याक–फोर को गतिमा उडेको सेनाले जनाएको छ । 

“दक्षिण कोरिया र अमेरिकाले आज आयोजित संयुक्त क्षेप्यास्त्र प्रतिरक्षा अभ्यासमार्फत् आफ्नो बलियो संयुक्त प्रतिरक्षा अवस्थालाई पुनः पुष्टि गरेका छन्,” एक योजनाबद्ध अभ्यासलाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ ।

जापानले पनि उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको पुष्टि गरेको छ भने प्रधानमन्त्री कार्यालयले प्योङयाङको ब्यालेस्टिक क्षेप्यास्त्रप्रहारसहितका गतिविधिले हाम्रो देश र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समुदायको शान्ति र सुरक्षालाई खतरामा पारेको बताएको छ ।

प्योङयाङका विदेशमन्त्रीले दिएको वक्तव्यसँग मिल्दोजुल्दो गरी बिहीबारको क्षेप्यास्त्र परीक्षण गरिएको विज्ञहरूले बताएका छन् । सेजोङ इन्स्टिच्युटका अनुसन्धाता चेओङ सियोङ चाङले एएफपीसँग भने, “यो अमेरिका र जापानलाई जवाफ दिने प्रयास हो ।”

इन्डोनेसियाको बालीमा भएको जी–२० को बैठकका क्रममा उत्तर कोरियामाथि लगाम लगाउन बाइडेनले चिनियाँ राष्ट्रपति सीलाई आफ्नो प्रभाव प्रयोग गर्न आह्वान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो