पढ्न करिब 1 मिनेट लाग्छ

मङ्सिर ४, बाजुरा | स्वामीकार्तिक खापर गाउँपालिका-१ मा रहेको भगवती आधारभुत विद्यालयमा मतपेटिकामा आगजनी भएको छ । प्रदेश सभाको समानुपातिक तर्फको मतपेटीमा आगजनी भएपछि निर्वाचन स्थगित भएको हो ।

आगजनि कस्ले गरेको भन्ने अन्योल रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख सुर्य थापाले जानकारी दिए ।

देशभर एकैचरणमा आज बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न पाइने निर्वाचन आयोगले जनाएको छ।