सुबास लामिछाने  भदौ ३० पर्बत ।
पर्यटकीय सुचना केन्द्रद्धारा प्रबद्र्धित कुसुमपुर टुडे साप्ताहिक पत्रिकाको बिहिबार एक समारोहका बिच बिमोचन गरिएको छ । यस पत्रिकाको जन्म संगै पर्बत जिल्लामा एक महिनाको समयमा ३ वटा साप्ताहिक पत्रिकाको जन्म भएको हो । पर्बत जिल्ला अदालतका म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सुबास लामिछाने  भदौ ३० पर्बत ।
पर्यटकीय सुचना केन्द्रद्धारा प्रबद्र्धित कुसुमपुर टुडे साप्ताहिक पत्रिकाको बिहिबार एक समारोहका बिच बिमोचन गरिएको छ । यस पत्रिकाको जन्म संगै पर्बत जिल्लामा एक महिनाको समयमा ३ वटा साप्ताहिक पत्रिकाको जन्म भएको हो । पर्बत जिल्ला अदालतका म"/>
५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

एक महिनाको समयमा ३ वटा साप्ताहिक पत्रिकाको जन्म, बिहिबार देखि कुसुमपुर टुडे साप्ताहिक पत्रिका बजारम

३० भाद्र २०७३, बिहीबार ०९:५२

सुबास लामिछाने  भदौ ३० पर्बत ।
पर्यटकीय सुचना केन्द्रद्धारा प्रबद्र्धित कुसुमपुर टुडे साप्ताहिक पत्रिकाको बिहिबार एक समारोहका बिच बिमोचन गरिएको छ । यस पत्रिकाको जन्म संगै पर्बत जिल्लामा एक महिनाको समयमा ३ वटा साप्ताहिक पत्रिकाको जन्म भएको हो । पर्बत जिल्ला अदालतका माननीय जिल्ला न्यायधीस मोहनराज भट्राईले सो पत्रिकाको बिमोचन गर्नुभएको छ । पत्रिका बिमोचन कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै भट्राईले पत्रिकाले पर्यटन, बिकास, शिक्षा र सञ्चार जस्ता महत्बपुर्ण कुरालाई बोकेको हुदा यस्ता कुरालाई बाहिर ल्याउन सकरात्मक भुमिका खेल्नुपर्ने बताउनुभयो । उहाले राजनितिक पुर्बाग्रहमा रहेर भन्दा पनि खोजमुलक पत्रकारीता आजको आबश्यकता रहेको भन्दै सत्य, तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न पत्रिकालाई सुझाब समेत दिनुभयो ।


कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ पर्बतका संस्थापक अध्यक्ष भोलानाथ शर्माले पत्रपत्रिकाको प्रकाशन गरिनु ठुलो कुरा नभएको भन्दै यसको निरन्तरतामा ध्यान दिनुपर्ने बताउनुभयो । उहाले पछिल्लो समयमा पर्बतमा पत्रपत्रिकाको होड बाजी भएको भन्दै सत्य तथ्य समाचारका साथ अगाडि बढ्न आग्रह गर्नुभयो । त्यसैगरि पत्रिकाका सम्पादक किशोर सापकोटाले आफुहरुले पर्बतको पर्यटन क्षेत्रको बिकासको लागि कलम चलाउने भन्दै पर्बतमा रहेका हरेक पर्यटकिय सम्भाबनाहरुको खोजी र त्यसको महत्बका लागि पत्रिकाले अग्रणी भुमिका खेल्ने बताउनुभयो । प्रतिस्पर्धाको लागि भन्दा पनि सत्य, तथ्य र निष्पक्ष समाचारको लागि पत्रिकाले मुख्य जोड दिने उहाले बताउनुभयो । त्यस्तै प्रकाशक तथा प्रधान सम्पादक राजु पौडेलले पत्रिकाले पर्बत जिल्लाको दुर दराजमा रहेका पर्यटकिय सम्भाबना, शिक्षा र सञ्चार संगै हुने बिभिन्न परिर्बतनहरुलाई आत्मसात गर्देै अगाडि बढ्ने बताउनुभयो ।


कार्यक्रममा सम्बोधन गर्ने अधिकाशं सरोकारवालाहरुले पत्रिकालाई शुभकामना ब्यक्त गर्दैै निरन्तरताको कामना गरेका थिए । उनिहरुले यसअघि जिल्लाबाट प्रकाशित पत्रपत्रिकाहरुको स्मरण गर्दै कुसुमपुर टुडे साप्ताहिक अरु भन्दा फरक भएर प्रस्तुत हुन आग्रह समेत गरेका थिए । बिमोचन कार्यक्रममा पर्बतका निमित्त प्रजिअ, प्रहरी नायब उपरिक्षक, बिभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, उद्योग बाणिज्य संघका प्रमुख तथा प्रतिनिधि, बिभिन्न कल्बका पदाधिकारी तथा गैह्सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज, समाजसेबि, पत्रकार लगायतको उपस्थिीती रहेको थियो । कुसुमपुर टुडे साप्ताहिक पत्रिकाका अध्यक्ष हिम बहादुर पौडेल क्षेत्रिको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन अतिथी सम्पादक गणेश पौडेलले गर्नुभएको थियो ।


उक्त पत्रिकाको सञ्चालक टिममा अध्यक्ष हिम बहादुर पौडेल क्षेत्रि, कानुनी सल्लाहाकार बिश्वराज पाण्डेय, सल्लाहाकार नारायण अमृत, प्रकाशक तथा प्रधान सम्पादकमा राजु पौडेल, सम्पादक किशोर सापकोटा, अतिथी सम्पादकमा गणेश पौडेल, प्रबन्ध निर्देशक टंक लामिछाने, प्रबन्ध सम्पादक सुबास लामिछाने, कार्यकारी सम्पादक कामना रेग्मी, ब्यवस्थापकमा मुक्तिराम शर्मा रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने