Skip to content
Friday, July 17, 2026 Nepali Online Media
November 21, 2022 चितवन - CTW, समाज

चितवन क्षेत्र नं १ को मतगणना सुरु

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर ५, चितवन | चितवन क्षेत्र नं १ को मतगणना सुरु भएको छ । तीन निर्वाचन क्षेत्र रहेको यस जिल्लामा क्षेत्र नं १ को मतगणना सुरु गरिएको हो । पूर्वी चितवनको खैरहनी माध्यमिक विद्यालयमा गणना गर्न थालिएको र यो सँगै चार स्थानमा मतगणना गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बिहान ११ बजे मतगणना सुरु गर्ने भनिए पनि केही ढिला गणना सुरु भएको हो । यस क्षेत्रमा ६८दमलव ७३ प्रतिशत मत खसेको छ । उक्त क्षेत्रमा एक लाख ३९ हजार आठ सय ४५ मतदाता छन् । मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार चितवन क्षेत्र नं २ मा दिउँसो १ बजेदेखि मतगणना गरिने छ । यस क्षेत्रमा ६७दमलव तीन प्रतिशत मत खसेको छ । त्यहाँ एक लाख २४ हजार दुई १४ मतदाता छन् ।

क्षेत्र नं ३ मा २ः१५ बजेदेखि  मतगणना सुरु हुने भएको छ । उक्त क्षेत्रमा ६५दशमलव४१ प्रतिशत मात्रै मत खसेको यहाँका निर्वाचन अधिकृत हरिसिं धामीले जानकारी दिनुभयो । उक्त क्षेत्रमा एक लाख ४४ हजार दुई सय ८३ मतदाता छन् ।

जिल्लाभर चार लाख आठ हजार तीन सय ४२ मतदाता  छन् । उनीहरुमध्ये महिला दुई लाख नौ हजार तीन सय नौ र पुरुष एक लाख उनान्सय हजार ३२ छन् ।  एक सय ६१ मतदानस्थलका चार सय ६० मतदान केन्द्रबाट उनीहरुले मतदान गरेका हुन् ।